Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा वार्षिक समीक्षा सम्पन्न


२६, असोज २०८०
  • 137
    SHARES
  • अर्घाखाँचीमा वार्षिक समीक्षा सम्पन्न

    अर्घाखाँची । अर्घाखाँचीमा रहेका सङ्घीय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयको आयोजनामा जिल्लामा रहेका सङ्घीय, प्रदेश सरकार मातहतका कार्यालय तथा स्थानीय तहले गत आर्थिक वर्षमा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समीक्षा गरिएकोे थियो ।

    दुई दिनसम्म चलेको उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले उद्घाटन गर्नुभएको थियो । सबै कार्यालय समीक्षा कार्यक्रममा उपस्थित भए पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र भैरहवास्थित सङ्घीय आयोजना कार्यान्वयन इकाईका प्रमुख तथा प्रतिनिधि उपस्थित भएनन् । 

    जिल्लामा  २० वटा सङ्घीय कार्यालय ११ वटा प्रदेश कार्यालय गरी जम्मा कुल ३७ कार्यालय छन् । सङ्घीय, प्रदेश र स्थानीय तहमा अर्घाखाँचीमा आ.व २०७९/८० मा कुल रु १३ खर्ब ७४ अर्ब ५५ करोड ५० हजार पाँच सय २७ बजेट विनियोजन भएकामा कुल ८३ दशमलव २४ प्रतिशत खर्च भएको थियो ।

    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य बिजुला रायमाझी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेको सहभागिता रहेको थियो ।  

    साथै छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललगायत जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति  थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend