Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकामा बजार अनुगमन


२७, असोज २०८०
  • 262
    SHARES
  • परिवर्तन गाउँपालिकामा बजार अनुगमन

    रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकाले बजार अनुगमन गरेको छ। शुक्रबार परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा परिवर्तन गाउँपालिका १ को कुरेलीको खरिबोट बजार तथा परिवर्तन गाउँपालिका ५ को घर्‍याम्झिम र पुतलाचौरमा बजार अनुगमन गरेको हो।

    परिवर्तन गाउँपालिकाको आम नागरिकको स्वास्थ्यलाई मध्ये नजर गर्दै नजिकिदै गरेको ठूला चाडपर्व दशै,तिहार र छठ लगायतलाई लक्षित गरी बजार अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समितिका सदस्य पत्रकार सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ।

    बजार अनुगमनमा कालो बजारी,खाद्यान्नको गुणस्तर,पेय पदार्थको गुणस्तर,मेडिकल क्लिनिक,गाउँपालिकामा दर्ता,पान नम्बर,मुल्य सुची र साइन बोर्ड लगायतको अनुगमन गरिएको हो।

    परिवर्तन गाउँपालिका १ कुरेलीको बजार तथा परिवर्तन गाउँपालिका ५ को घर्‍याम्झिम र पुतलाचौर बजारमा अनुगमन गर्दा परिवर्तन गाउँपालिकामा दर्ता नगरेको,मुल्य सुची नराखेको,केही पसलबाट कम मात्रामा म्याद नाघेको सामान भेटिएको र एउटै पसलबाट धेरै सामानहरु राखी बिक्री वितरण गरेको पाइएको छ।

    उपभोक्ता हित संरक्षण समितिले पहिलो पटक बजार अनुगमन भएकोले अनिवार्य गाउँपालिकामा पसल दर्ता गरेर सञ्चालन गर्ने,म्याद नाघेको सामान पहिलो पटक अनुगमन भएकोले थोरै मात्रामा सामान ब्राह्मड गरेको छ भने पुनः फिर्ता गर्न सुझाव दिइएको छ,दोस्रो पटक अनुगमन गर्दा भेटिएको म्याद नाघेको सामानहरु उपभोक्ता हित संरक्षण समितिले ब्राह्मड गर्ने समेत जनाएको छ।

    त्यस्तै मुल्य सुची र साइनबोर्ड सबैले देख्ने गरी राख्न समेत सुझाव दिएको छ । परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको भनाइ रहेको छ।

    परिवर्तन गाउँपालिकाका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,ईलाका प्रशासन कार्यालय घर्ती गाउँका नायब सुब्बा गण बहादुर विक,परिवर्तन गाउँपालिकाका प्रशासन शाखा प्रमुख ललित बुढा मगरको टोलीले अनुगमन गरेको छ।

    साथै परिवर्तन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर,उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका संयोजक प्रेम कुमार बुढा मगर,ईलाका प्रहरी कार्यालय ओबाङ्का इन्चार्ज ओमभक्त केसी,अस्थायी प्रहरी पोष्ट पुतलाचौरका इन्चार्ज किरण चौधरी र पत्रकार सुर्य प्रकाश बुढा मगर लगायत प्रहरीको टोलि र उद्योग वाणिज्य संघको टोलीले अनुगमन गरेको छ।

    परिवर्तन गाउँपालिका १ को खरिबोट बजारमा १४ वटा ठूला तथा साना पसलको अनुगमन गरेको छ भने केही पसल बन्द समेत रहेको थियो।

    परिवर्तन गाउँपालिका ५ को घर्‍याम्झिम बजारमा ५ वटा पसलको अनुगमन गरिएको छ र अर्को पुतलाचौरमा ७ वटा पसलको अनुगमन गरेको छ। करिब २६ वटा पसल अनुगमन गरिएको छ र बजार अनुगमनलाई निरन्तरता दिने समेत उपभोक्ता हित संरक्षण समितिले बताएको छ।

    370226022_1489470984960549_2166674184231102987_n.jpg
    387512851_1762680547496573_3030129568405345587_n.jpg
    387599920_1306981640188272_5055600792028665708_n.jpg
    387343705_1031513874865912_136650478602013845_n.jpg
    370216435_127921273745753_6900525861973715318_n.jpg
    370218290_1528072924612527_6848391674715373420_n.jpg
    387542214_6386431441483885_5100283990504534033_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend