Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईसीसी विश्वकप क्रिकेट : भारत र पाकिस्तान भिड्दै


२७, असोज २०८०
  • 198
    SHARES
  • आईसीसी विश्वकप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

    काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ ।

    भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वका साथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

    त्यस्तै, पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् ।

    भारत एक दिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । तर पाकिस्तानले टी-२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ ।

    सन् २०२१ को टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी-२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान एक खेलमा मात्रै विजयी भएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend