Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न


२८, असोज २०८०
  • 195
    SHARES
  • प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न

    काठमाडौं । ६८औं प्रहरी दिवस २०८० को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

    प्रतियोगिता समापनका अवसरमा शनिबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टीम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र, प्रतियोगितामा सहभागि भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो, सर्वोत्कृष्ट खलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

    कार्यक्रमको सुरुमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई ३/२ ले पराजित गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टीम प्रथम भएको थियो ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विजेता टिमलाई बधाई दिँदै यस प्रतियोगिताले समग्र नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढिकरण गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता र देशप्रेमको भावनालाई उजार गर्ने विधाको रूपमा रहेको खेलकुदको विकास र प्रवर्धनका लागि सबै एकवद्धता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण खलेकुद, नेपाल प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्न उत्तम माध्यम भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रलाई गौरवान्वित बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

    उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य/सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलकुदलाई अझै सुदृढ गर्न नेपाल प्रहरीले विभिन्न प्रतियोगिता गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द तथा महासचिव रोशन श्रेष्ठले प्रतियोगिताका वेष्ट ब्लकर, वेष्ट स्पाइकर र वेष्ट डिफेन्डरलाई र राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताका वेष्ट सर्भर र वेष्ट सेटरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

    सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् ट्रफि, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।

    सो अवसरमा खेलकूद कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । असोज २१ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

    7H0A4525.JPG
    _DSC4255.JPG
    DSC_0005.JPG
    DSC_0182.JPG

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend