Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन 


२८, असोज २०८०
  • 449
    SHARES
  • रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन 

    बुटवल । रक्तसंचार केन्द्र बुटवलले रगत संकलनका लागि मोवाईल भ्यान शुरु गरेको छ । एक समारोहका विच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सो भ्यानको विधिवत पुजा अर्चना गरि शुरुवात गर्नुभएको छ । 

    नवदुर्गा अन्तरगतको पहिलो दिन घटस्थापनको अवसर पारेर भ्यानको औपचारिक शुरुवात गरिएको हो । क्वालिटि यूक्त रगत संकलनका लागि आवस्यक उपकरण सहितको भ्यान सेवा शुरु गरिएको रंक्तसंचार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपानलेले बताउनुभयो । 

    सो भ्यान भित्र आकस्मीक रगत दानका लागि ४ वटा वेड, फ्रिज बेशिन एसि, हेमोग्लोविन जंच गर्ने मेशिन, विपि सेट, व्लडव्याग मिक्चर, वेट मेशिन लगातको उपकरणको प्रवन्ध गरिएको छ ।

    गाडि भित्रै पनि रगत दान गर्न र तत्काल फ्रिजमा राख्न सकिने भएकोले रगतको गुणस्तरका लागि पनि भ्यान उपयुक्त हुने रेडक्रश लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनीले बताउनुभयो।

    सो अवसरमा उपमहानगरपालिकाका प्रमुख पाण्डेले रक्तसंचारको सेवा विस्तारका लागि आफुहरु सधै साथमा रहेको बताउनुभयो। कार्यक्रममा बुटवल उधोग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रोटरी क्लव अफ बुटवलका अध्यक्ष करुण खनाल, रेडक्रशका जिल्ला सदस्यहरु वरिष्ठ अधिवक्ता वेन वहादुर पौडेल क्षेत्रीको सहभागिता थियो ।

    साथै टेक वहादुर थापा, कृष्ण चौहान क्षेत्री, प्रेम वहादुर सुनार, रक्त संचार केन्द्रका सदस्य सचिव राधा शर्मा ज्ञवाली, रक्तसंचार सेवा युनिट भैरहवाका प्रमुख पदम शस्याल लगायतको सहभागितामा मोवाईल भ्यानको शुभारम्भ गरिएको हो ।

    385448372_1129591374683902_5366876437820049024_n.jpg

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend