Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बागमारा बजारको अनुगमन


२९, असोज २०८०
  • 148
    SHARES
  • बागमारा बजारको अनुगमन

    रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकाले बजार अनुगमन गरेको छ । आइतबार परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा परिवर्तन गाउँपालिका ३ को बागमारा बजारको अनुगमन गरेको हो।

    परिवर्तन गाउँपालिकाको आम नागरिकको स्वास्थ्यलाई मध्ये नजर गर्दै नजिकिदै गरेको ठूला चाडपर्व दशै,तिहार र छठ लगायतलाई लक्षित गरी बजार अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समितिका सदस्य पत्रकार सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ।

    बजार अनुगमनमा कालो बजारी,खाद्यान्नको गुणस्तर,पेय पदार्थको गुणस्तर,मेडिकल क्लिनिक,गाउँपालिकामा दर्ता,पान नम्बर,मुल्य सुची र साइन बोर्ड लगायतको अनुगमन गरिएको हो। परिवर्तन गाउँपालिका ३ बागमारा बजारमा सञ्चालन गर्दै आएका व्यापारीहरुले परिवर्तन गाउँपालिकामा कम मात्रामा दर्ता गरेको धेरैले पान नम्बर उल्लेख नगरेको,प्रमाणपत्र देखिने ठाउँमा नराखेको समेत,मुल्य सुची नराखेको,केही पसलबाट कम मात्रामा म्याद नाघेको सामान भेटिएको र उक्त सामान उपभोक्ता हित संरक्षण समितिले ब्राह्मड गरेको समेत बताइएको छ।

    साथै अनिवार्य गाउँपालिकामा पसल दर्ता गरेर सञ्चालन गर्न सुझाव दिइएको र म्याद नाघ्न लागेका सामानहरु पुनःउत्पादन कम्पनीमा फिर्ता गर्न समेत सुझाव दिइएको छ। त्यस्तै अनिवार्य पान नम्बर उल्लेख गर्ने,मुल्य सूची अनिवार्य राख्ने र प्रमाणपत्र सबैले देख्ने गरी राख्न समेत आग्रह गरेको छ भने साइनबोर्ड सबैले देख्ने गरी र पान नम्बर देखिने गरि राख्न समेत सुझाव दिएको छ परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको भनाइ रहेको छ।

    परिवर्तन गाउँपालिकाका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,ईलाका प्रशासन कार्यालय घर्तीगाउँका नायब सुब्बा गण बहादुर विक,परिवर्तन गाउँपालिकाका प्रशासन शाखा प्रमुख ललित बुढा मगर,परिवर्तन गाउँपालिकाका स्वास्थ्य शाखा कर्मचारी निर्मल बुढा मगरको टोलीले बागमारा बजारको अनुगमन गरेको छ

    त्यस्तै उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका संयोजक प्रेम कुमार बुढा मगर,परिवर्तन गाउँपालिका ३ का वडा सदस्य अमृत बुढा मगर,ईलाका प्रहरी कार्यालय ओबाङ्का असई ओमभक्त केसी,अस्थाई प्रहरी पोष्ट पुतलाचौरका असई किरण चौधरी,अस्थाई प्रहरी पोष्ट बागमाराका असई झलक बुढा मगर र रेडियो मालश्रीका पत्रकार सुर्य प्रकाश बुढा मगर लगायत प्रहरीको टोली र उद्योग वाणिज्य संघको टोलीले बागमारा बजारको अनुगमन गरेको छ।

    परिवर्तन गाउँपालिका ३ को बागमारा बजारमा ४२ वटा ठूला तथा साना पसल अनुगमन गर्दा केही पसलबाट म्याद नाघेको सामान समेत फेला परेको र उक्त सामानहरु समितिले जफत समेत गरेको छ। म्याद नाघेको सामान धेरै जस्तो कस्मेटिक सामानहरु,कम मात्रामा जङ्गफूट र पेय पदार्थ रहेका छन्। 

    असोज २६ गतेका दिन शुक्रबार परिवर्तन गाउँपालिका १ कुरेलीको खरिबोट बजार,परिवर्तन गाउँपालिका ५ को घराम्झिम र पुतलाचौर बजार गरि करिब २६ वटा पसल अनुगमन गरएको थियोे र आइतबारका दिन बागमारा बजारको ४२ वटा पसलबाट अनुगमन गर्दा भेटिएको म्याद नाघेका ब्राह्मड गरेको सामान जलाएर नष्ट समेत गरेको छ।अनुगमनलाई निरन्तरता दिने समेत उपभोक्ता हित संरक्षण समितिले बताएको छ भने ३र३ महिनामा बजार अनुगमन गर्ने समेत बताएको छ।

    370220764_343988204768530_2985567147653853101_n.jpg
    393171025_336093745597328_3284317756089292573_n.jpg
    393108493_1013275639795640_6355871242552907697_n.jpg
    393205498_3724162311199786_4425285576086122842_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend