Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिकोणात्मक टी २० शृंखला खेल्ने टोलीको घोषणा


२९, असोज २०८०
  • 177
    SHARES
  • त्रिकोणात्मक टी २० शृंखला खेल्ने टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङ र यूएई सम्मिलित त्रिकोणत्मक शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    टोलीमा ललित राजवंशीले पुनरागमन गरेका छन् । १९ औं एसिया गेम्सको अभ्यासका क्रममा घाइते भएका बायाँ हाते स्पिनर ललित राजवंशीको दाहिने कलर बोनको असोज ४ गते शल्यक्रिया भएको थियो । उनी ४ हप्ताको आरामपछि टिममा फर्किएका हुन् । 

    यस्तै लोकेश बम र सूर्य तामाङले पनि टिममा पुनरागमन गरेका छन् । प्रतियोगिता सुरु हुुनुअघि नै स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत कारण देखाउँदै टिमबाट आफ्नो नाम फिर्ता लिएका थिए । त्यसैले उनी टोलीमा छैनन् ।

    नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ । कात्तिक ४ गते फूलपातीका दिन नेपाल हङकङबीचको दोस्रो खेल हुनेछ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुनेछ । फाइनल खेल भने १० गते हुनेछ ।

    आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् । कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक टी २० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ ।

    नेपाली टोली

    रोहितकुमार पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र श्याम (मौसम) ढकाल ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend