रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकाले श्रम डे मनाउने भएको छ। कार्तिक १ गते बुधबारका दिन श्रम डे मनाउन लागेको हो। परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मान भन्ने मूल नारा सहित कार्तिकको १ गते हामीले श्रम डे मनाउने निर्णय गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भएको छ।
परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी,जनसमुदायहरु,कर्मचारी, शिक्षक,व्यापारी लगाएतले यो अभियानलाई सफल बनाउनेमा आफू आशावादी रहेको समेत अध्यक्ष बुढा मगरको भनाइ रहेको छ।
परिवर्तन गाउँपालिकाको शानलाई सहयोग गर्ने गरि कार्त्तिक १ गतेका दिन बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुत्नु हुनेछ भन्नेमा आफू विश्वस्त रहेको छु उहाँले भन्नुभयो।
फेरि बुढा मगरले थप्दै भन्नुभयो किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैन राज्यको मात्र होइन संघ सरकार,प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारको स्रोत साधनले भ्याएसम्म के काम गर्ने,त्यो मा श्रम मिसायौं भने समृद्धि हुन्छ भन्ने लागेको छ उहाँले दाबी गर्नुभयो ।
कार्तिक १ गतेको दिन गाउँपालिकाको अभियानमा जोडिएर परिवर्तन गाउँपालिका भित्रका सबै आम नागरिकहरुले सहयोग र सफल बनाइदिन समेत अध्यक्ष बुढा मगरले आग्रह गर्नु भएको छ।परिवर्तन गाउँपालिकाको ६ वटै वडामा श्रम डे अभियानलाई सफल बनाउन परिवर्तन गाउँपालिकाले आग्रह गरेको छ।
