काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संसदहरुले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको सफल कार्यान्वयनका लागि संसदहरुले देशको पक्षमा नीति निर्माण गर्न सक्छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको हो ।
उहाँले सांसदहरुले जनताको हितमा कानून र नीति निर्माण गर्न नसके जनतामा निराशा छाउने जिकिर गर्नुभयो । सिटौलाले देशको नीति निर्माण गर्ने ठाँउमा बसेकालाई झकझकाउने काम प्रेस जगतको भएको धारणा राख्नुभयो ।
त्यस्तै कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले मुलुकमा निराशाको उत्तम संवाहक कांग्रेस भएको बताउनुभयो । कांग्रेसको सवै जिल्ला अधिवेशन हुन नसकेको तर जिल्ला सभापतिको भेलाले केन्द्रका आलोचना गर्ने देखिएको उहाले बताउनुभयो । उहाँले नराकारात्मक टिका टिप्पणीमा कांग्रेस रमाइरहेका कारण जनतामा पार्टी प्रति निराशा छाएको जिकिर गर्नुभयो ।