रोल्पा। दाङको घोराहीदेखि बागमाराको लागि छुटेको ट्रक रोल्पाको परिवर्तन गाउँपालिका ६ चप्कामा दुर्घटना भएको छ। रा १ ख ३१३० नम्बरको ट्रक सडक देखि करिब ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक ओमभक्त केसीले जानकारी दिनु भएको छ।
ट्रक धनी प्रेम बुढा मगर रहेको र आफ्नै पक्की घर निर्माण गर्नको लागि दाङको घोराही देखि रोल्पाको बागमारा सम्म सिमेन्ट ल्याउने क्रममा ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।
दुईजना चालक र सह चालकलाई सामान्य चोटपटक लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको समेत बताइएको छ। ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र चालक र सह चालकको नाम भने खुलाइएको छैन।