Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मोतिपुर औद्योगिक क्षेत्र परियोजना:वार न पार 


१, कात्तिक २०८०
  • 138
    SHARES
  • मोतिपुर औद्योगिक क्षेत्र परियोजना:वार न पार 

    बुटवल । २०७२ सालमा घोषणा गरिएको मोतिपुर औद्योगिक क्षेत्र हालसम्म पूर्णता पाउन सकेको छैन् । रुपन्देहीको विकेन्द्रीकृत उद्योगहरुलाई केन्द्रीकृत गर्न मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा स्थापना गर्ने परियोजना वार न पारको अवस्थामा छ । 

    बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाको भूभागलाई समेटेर बनाउने भनिएको औद्योगिक ग्राम रुग्न बनेको छ । स्थानीयबासीहरुको लालपुर्जा जग्गालाई मोतिपुर क्षेत्रको नाममा थाहाँ नदिई सुटुक्क पास गरिएपछि उत्पन्न विवादले स्थानीयहरु चरणवद्ध रुपमा विरोधमा उत्रिएका थिए ।

    उनिहरुले आफुहरुले बर्षौदेखि वस्दै आएको रैथाने बासस्थानलाई वैकल्पिक उपाय नदिएर औद्योगिक क्षेत्रको निर्माणको नाममा सयौं घरपरिवारलाई सुकुम्बासी बनाउन खोज्नु गलत भएको बताउँछन् । लालपुर्जा र प्रतिऐलानी गरी ८ सय १३ बिगाह जमिन मोतिपुर औद्योगिक क्षेत्रले आफ्नो स्वामित्वमा लिईसकेको छ । तर स्थानीयहरुलाई आफ्ना पुर्जावाल जग्गा एक्कासी कम्पनीले आफ्नो नाममा कसरी बनायो भन्दै आक्रोशित बनेका थिए । 

    घरबास उठ्ने भएपछि चिन्तितसँगै चिढिएका स्थानीयहरु अवरोधका कारण औद्योगिक क्षेत्र निर्माण गति पाउन सकेको छैन् ।  उक्त विवाद मिलाएर सो क्षेत्रलाई अघि बढाउने सम्बन्धि बुटवलमा पटकपटक सरोकारवाला निकायहरुविच छलफल गरिएपनि किनै सार्थकता पाएको छैन् ।

    सरकारले रुपन्देहीका साविक बुटवल नगरपालिका, टिकुलीगढ, अनन्दवन, फार्साटिकर हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गतका क्षेत्रलाई मोतिपुर औद्योगिक क्षेत्रका रुपमा घोषणागरी काम अघि बढाएको थियो ।

    तर पछिल्लो समय औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने, औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गामा बसोबास गरेका स्थानीयले बसोबास नछाडेपछि निर्माणकार्य रोकिदै आएको छ । सरकारले २०७२ साल चैत १ गते आठ सय १३ बिगाह जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गर्दै औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरुबाट पहल सकारात्मक रुपमा भएपनि संघीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताउनुभयो। २०२२ सालदेखि बसोबास गरिरहेकाहरुत्रको समस्या समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोन प्रविधिद्वारा जग्गा नापजाँच गरिएको जनाउँदै सोहीअनुसारको जग्गा प्रमाणित गरी निर्माणको काम अगाडि बढाउनुपर्ने सम्बन्धित स्थानीय तहका नगर प्रमुखहरुको भनाई छ ।  

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको समन्वय एवं चासोका साथ अगाडि बढ्नुपर्ने जनाउनुभयो । जसका लागि जिल्ला प्रशासन तयार रहेको जिकिर गर्नुभयो। बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतिपुर औद्योगिक क्षेत्रको बारेमा छलफलको माध्यमबाट निकास खोज्ने काम भईरहेको जनाउनुभयो। 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend