Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाले श्रम-डे मनायो


१, कात्तिक २०८०
  • 140
    SHARES
  • परिवर्तन गाउँपालिकाले श्रम-डे मनायो

    रोल्पा।रोल्पाको परिवर्तन गाउँपालिकाले श्रम-डे मनाएको छ।कार्तिक १ गतेका दिन बुधबार श्रम-डे मनाएको हो।परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मानूभन्ने मूल नारा सहित कार्तिकको-१ गते आज हामीले श्रम-डे मनाएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भएको छ।

    परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी,जनसमुदायहरु,कर्मचारी,शिक्षक,व्यापारी लगाएतले यो अभियानलाई सफल बनाउनु भएकोमा आफू आशावादी रहेको समेत अध्यक्ष बुढा मगरको भनाइ रहेको छ।

    परिवर्तन गाउँपालिकाको शानलाई सहयोग गर्ने गरि कार्त्तिक-१ गतेका दिन बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुत्नु भएकोमा म मेरो तर्फबाट र परिवर्तन गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो ।फेरि बुढा मगरले थप्दै भन्नुभयो किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैनरुराज्यको मात्र होइन संघ सरकार,प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारको स्रोत साधनले भ्याएसम्म के काम गर्ने,त्यो मा श्रम मिसायौं भने समृद्धि  हुन्छ भन्ने लागेको छ ।

    त्यसैले हामीले आज श्रम कार्य गरेको दाबी समेत गर्नु भएको छ।कार्तिक १ गतेको दिन गाउँपालिकाको अभियानमा जोडिएर परिवर्तन गाउँपालिका भित्रका सबै आम नागरिकहरुले सहयोग र सफल बनाइदिनु भएकोमा आफू हर्षित भएको छु उहाँले भन्नुभयो ।परिवर्तन गाउँपालिकाको ६ वटै वडामा श्रम-डे अभियानलाई सफल बनाउन सहयोग गरेकोमा परिवर्तन गाउँपालिकाले धन्यवाद दिएको छ।

    परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा रहेको बजारको वरिपरि सरसफाइ गरिएको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय प्रेम जि।एमले जानकारी दिनु भएको छ।परिवर्तन गाउँपालिकाको कर्मचारी टोली हामीले परिवर्तन गाउँपालिकाको आसपासमा फ्याकिएको प्लास्टिक जन्य पदार्थ जम्मा गरेर नष्ट गरिएको र उम्रेका घाँस हटाउने गरेको छौंउहाँले भन्नुभयो।

    परिवर्तन गाउँपालिकाको सबै वडामा पनि आज श्रम-डे मनाइएको समेत बताउनु भएको छ।वडामा के-के काम भयो भनेर अहिलेसम्म कामको विवरण आफूलाई जानकारी नआएको समेत

    जि.एमको भनाइ रहेको छ।तर धेरै ठाउँमा मानिस आवत जावत गर्नका लागि थप सहज होस् भनेर गोरेटो बाटो मर्मत गर्ने काम भएको बताइएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend