Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता


२, कात्तिक २०८०
  • 221
    SHARES
  • लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उहाँले बताउनुभयो । 

    “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, अधिकारीले भन्नुभयो, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।” 

    नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताउनुभयो ।

    “जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उहाँले भन्नुभयो । दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो समय हराउँदै जान थालेको छ । एक दशकअघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ पछिल्ला वर्षमा हराउँदै जान थालेका हुन् । 

    दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने चाहना हुने गर्छ । तर अहिले चाहेर पनि पिङ खेल्न नपाइएको मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीले बताउनुभयो । दसैँ आगमनको सुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाइन्छ । 

    “दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् ।” 

    जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङ सहरी क्षेत्रमा देखिएका छैन भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको कावासोती नगरपालिका–१७ का ७४ वर्षीय युक्तप्रसाद गौडेलले बताउनुभयो ।

    दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उहाँको भनाइ छ ।

    “वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि पहिलाको जस्तो पिङ खेल्ने, दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, उहाँले भन्नुभयो । एकातिर बस्ती बाक्लिदै जानु र अर्कोतर्फ मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा खेललाई कानुनीरुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि लोप भएको छ ।

    विशेष गरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले सहरी क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै जानु चिन्ताको विषय बनेको बुढापाका बताउँछन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend