Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा


२, कात्तिक २०८०
  • 166
    SHARES
  • साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौँ । साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल एसीसी पुरुष यू १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    मलेसियामा बिहीबार भएको खेलमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको हो। यो जितसँगै नेपाल समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ।

    नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरब १९.१ ओभरमा ४६ रनमै समेटियो। साउदी अरबका लागि वरुण सरावननले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्। नेपालका लागि दीपेश कँडेलले ६ विकेट लिए। त्यस्तै, आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए।

    यसअघि ब्याटिङ गर्दै नेपालले आठ विकेटको क्षतिमा ३४७ रन बनाएको हो। नेपालका लागि अर्जुन कुमालले १११ बलमा १४२ रन बनाए। उनले १७ चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, नेपालका लागि आकाश त्रिपाठीले ८९, दीपक बोहराले २९, विशालविक्रम केसीले २४, दीपकप्रसाद डुम्रे र दीपक कँडेलले १४/१४ रन बनाए।

    साउदी अरबका लागि मोहम्मद अहम्द राजा, मोहम्मद घायुर अहम्द र अब्दुल्लाह सिरजले दुई/दुई तथा जुहैर मुहम्मद र मुजीबुर रहमानले एक/एक विकेट लिए। नेपालले समूह चरणका तीन खेल जितेको छ। यसअघि समूह चरणमा बहराइन र इरानलाई पराजित गरेको थियो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend