Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने


२, कात्तिक २०८०
  • 135
    SHARES
  • देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने

    लुम्बिनी । रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ विशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र)मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ ।

    धम्मग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र निर्माणस्थलमा आयोजित कार्यक्रममा सुखशान्ति विहार शङ्करनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, साधक गोपाल पोखरेल, डा. खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडेलगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलन्यास गर्नुभएको हो ।

    केन्द्रका पुराना साधक साधिका (१) दिने शिविरमा बसेकाहरुको स्वतस्फूर्त दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । गुरुयोजना अनुसार पहिलो चरणमा धम्म हल(ध्यान केन्द्र), आचार्य निवास, महिला र पुरुष (साधक साधिका)का लागि आवासीय सुविधा सहितका दुईवटा भवन, भान्सा र स्नान घर निर्माण गरिने छ । 

    शिलान्याश अघि निर्माणस्थलमा साधक साधिका लागि करिब दुई घण्टाको ध्यान शिविर सञ्चालन गरिएको थियो । ध्यान केन्द्रको निर्माण पश्चात देश विदेशका साधक साधिकाले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने छ ।

    विपश्यना ध्यान शिविर सञ्चालनका लागि पनि कसैसँग शुल्क लिइनेछैन । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुनेछ । धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाले समेत पारिश्रमिक लिदैनन् । 

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले लोपहुँदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भइरहेको बताउनुभयो । 

    साधक गोपाल पोखरेलले यो क्षेत्रलाई धम्मग्राम र अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । आजभन्दा लगभग दुई हजार छ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराउनुभएको विपश्यना ध्यानप्रति मानिसको आकर्षण बढेको भन्दै साधक पोखरेलले ध्यान केन्द्रको निर्माणपछि नयाँ साधक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना भएको साधक डा. खडानन्द पौडेलको भनाइ छ । “विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो”, डा. पौडेलले भन्नुभयो, “यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ ।

    यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ ।” यो साधनाविधि दुःखबाटमुक्त हुने सक्षम उपाय भएकाले हिन्दू, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्ने साधक मेघराज ज्ञवालीले बताउनुभयो ।

    लुम्बिनी प्रादेशिक महोत्सव मङ्सिर ६ देखि

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) को आयोजनामा आगामी मङ्सिर ६ देखि १८ गतेसम्म रुपन्देहीको भैरहवामा छैठौंँ लुम्बिनी प्रादेशिक महोत्सव–२०८० हुने भएको छ । आर्थिक मन्दिका कारण शिथिल रहेको बजारलाई चलायमान बनाउनुका साथै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहनस्वरुप प्रवद्र्धन गर्ने उद्देश्यले  महोत्सव आयोजना गर्न लागिएको हो । 

    महोत्सव सिद्धार्थनगर नगरपालिका ८ स्थित अञ्चलपुरमा हुनेछ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्न रु एक करोड २० लाख खर्च अनुमान गरिएको जानकारी दिनुभयो ।

    अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा तीन सय ५० प्रदर्शनी कक्ष रहनेछन् । महोत्सव आयोजना गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ४२ सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय विशेष सल्लाहकार समिति र एक सय ५१ सदस्यीय सल्लाहकार समितिसहित विभिन्न उपसमिति गठन गरिएको छ  । 

    त्यस्तै महोत्सवको सहआयोजक सिद्धार्थनगर नगरपालिकासहित रुपन्देहीका सम्पूर्ण स्थानीय पालिका छन् । महोत्सव अवलोकन गर्ने दर्शकलाई रु ८०, विद्यार्थीलाई रु ५० र समूहमा आउने विद्यार्थीलाई रु ३० तोकिएको अध्यक्ष श्रेष्ठले जनाउनुभयो । शनिबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेसम्म र ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको उहाँले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend