Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चालीस प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान


२, कात्तिक २०८०
  • 121
    SHARES
  • चालीस प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान

    चिन । पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । 

    सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको कूल व्यापार चार खर्ब १८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको त्यहाँको भन्सार कार्यालयको भनाइ छ ।

    यस अवधिमा सहरका निजी उद्यमहरूले बीआरआई साझेदार मुलुकसँग गरेको कारोबारको योगदान सन् २०१३ मा ५४ अर्ब ७८ करोड युआनबाट बढेर ५४.७८ सन् २०२२ मा एक खर्ब ४२ अर्ब युआन पुगेको छ । 

    उल्लेख्यरूपमा बीआरआई साझेदार राष्ट्रहरूबाट तियान्जिनको स्वचालित तथ्याङ्क प्रशोधन उपकरण र यसका पार्टपुर्जाहरूको आयात मूल्य सन् २०१३ मा रेकर्ड गरिएको तुलनामा २०२२ मा चार सय ८० प्रतिशतले बढेको छ ।

    यस अवधिमा बीआरआई साझेदार राष्ट्रहरूमा सहरको प्रमुख निर्यातमा मेकानिकल र विद्युतीय उत्पादनहरु थिए । साझेदार राष्ट्रहरूमा लिथियम आयन ब्याट्री, सौर्यसेल र विद्युतीय सवारी साधनको कूल निर्यात मूल्य विगत दश वर्षमा औसत वार्षिक १७ दशमलव नौ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend