Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर : त्रिभुवन आर्मी प्रथम


३, कात्तिक २०८०
  • 140
    SHARES
  • छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर : त्रिभुवन आर्मी प्रथम

    धादिङ । छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्‍याफ्टिङ प्रतियोगिता भएको थियो । 

    उक्त खेलको तीन वटा चरण (दौड, साइकलिङ र र्‍याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ ।

    महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ । यूनाइटेड फिक्कल एमटिबि स्क्वार्ड दोस्रो र डुल्वा केटीस तेस्रो भएको छ । प्रतियोगितामा २१ टिमका ८४ खेलाडीको सहभागिता थियो । 

    पुरुषतर्फको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख पचास हजार, दोस्रोले रु एक लाख, तेस्रोले रु ७५ हजार, चौथोले रु २५ हजार र पाँचौले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फ पहिलो हुनेले रु ७५ हजार, दोस्रोले रु ५० हजार र तेस्रोले रु ३० हजार प्राप्त गरेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend