Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले काममा शित्तिलता


३, कात्तिक २०८०
  • 192
    SHARES
  • प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले काममा शित्तिलता

    काठमाडौँ । ७ सय ५३ स्थानीय तहमध्ये १ सय २८ वडामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ३६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद खाली छ भने कम लुम्बिनी प्रदेशमा ५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

    प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार देशभरका २७६ नगरपालिका मध्ये ६१ र ४६० गाउँपालिका मध्ये ६७ वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । तर, ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भने यो समस्या छैन ।

    सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ३६, मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये २७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रिक्त छ । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये २०, बागमती प्रदेशका ११९ मध्ये ११, गण्डकी प्रदेशका ८५ मध्ये ७, लुम्बिनी प्रदेशका १०९ मध्ये ४ र कर्णाली प्रदेशका ७९ मध्ये २२ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । केही स्थानीय तहमा निमित्त तोकिएको मन्त्रालयले जनाएको छ ।

    कोशी प्रदेशका ४६ नगरपालिका मध्ये ७ र ८८ गाउँपालिका मध्ये १३ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको छ । मधेस प्रदेशका ७३ नगरपालिका मध्ये २१ र ५९ गाउँपालिका मध्ये ६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । बागमती प्रदेशका ४१ नगरपालिका मध्ये १ र ७४ गाउँपालिका मध्ये १० रिक्त छन् । 

    यसैगरी गण्डकी प्रदेशका २६ नगरपालिका मध्ये २ र ५८ गाउँपालिका मध्ये ५ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ । लुम्बिनी प्रदेशका ३२ नगरपालिका मध्ये २ र ७३ गाउँपालिका मध्ये ३ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ ।

    कर्णाली प्रदेशका २५ नगरपालिका मध्ये ११ र ५४ गाउँपालिका मध्ये ११ रिक्त छ । सुदूरपश्चिम प्रदेशका ३३ नगरपालिका मध्ये १७ र ५४ गाउँपालिका मध्ये १९ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मन्त्रालयले जनाएको छ । २० जना कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेका ६१ नगरपालिका मध्ये सङ्खुवासभाको चैनपुर नगरपालिका, सर्लाहीको ईश्वरपुर, हरिपूर्वा र हरिवन नगरपालिका निमित्त समेत तोकिएको छैन । यसैगरी धनुषाको विदेह, बाराको महागढीमाई र पचरौता, पर्साको बहुदरमाई, नुवाकोटको विदुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती र बैतडीको पचौँडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तोकिएको छैन ।

    प्रमुख प्रशासकीय अधिकृत नभएका ६७ वटा गाउँपालिका मध्ये पाँचथरको याङवरक, सोलुखुम्बुको महाकुलुङ, खोटाङको साकेला, सर्लाहीको विष्णु, पर्साको धोबिनी, ललितपुरको बागमती, पर्वतको विहादी, बर्दियाको बढैया ताल गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत छैनन् ।  

    साउन अन्तिम साता मन्त्रालयको जिम्मेवारी सम्हालेकी अनिता देवी साहले २० जनालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकी छन् । पछिल्लो समय ९ प्रशासकीय अधिकृतलाई थप पालिकाको जिम्मेवारी पनि दिइएको छ । मन्त्रालयले एक जनालाई तीन वटासम्म पालिकाको जिम्मेवारी प्रदान गरेको छ ।

    सरुवा मात्रै होइन, सामान्यमा निमित्त ‘खेती’ पनि पुरानै ‘बाली’ हो । भएका कन्फर्मलाई हटाएर अन्य सेवाका कर्मचारीलाई निमित्त दिने स्थानीय तहहरूको ‘खेलो’मा मन्त्रालय सहयोगी बन्दै आएको छ । पछिल्लो समय तत्कालीन मन्त्री अमनलाई मोदीले उत्तरार्धतिर निमित्त निमिट्यान्न पार्ने भन्दै नयाँ नियुक्त हुने कर्मचारीलाई स्थानीयमै खटाएर सङ्ख्या केही घटाउँदै लगिए पनि नयाँ मन्त्रीसँगै पुनः निमित्तको सङ्ख्या बढ्न थालेको छ । 

    निमित्तबाट आफू अनुकूलको काम गराउन सहज हुने भएकोले जनप्रतिनिधिहरू आफै कन्फर्मलाई सरुवा गरेर आफूले तोकेको कर्मचारीलाई निमित्त दिलाउन लागि पर्ने गरेका छन् भने मन्त्री सचिवालय तथा केही कर्मचारीहरू पनि यसैमा खेल्ने गरेका छन् । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend