रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले दशै तथा तिहार लगायत पछी समयलाई लक्षित गरी जनहितमा सूचना जारी गरेको छ।शुक्रबार परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको हस्ताक्षरित गरी जनहितमा सूचना जारी गरिएको हो।सर्वपक्षीय बैठकको निर्णयको आधारमा जनहितमा सूचना जारी गरिएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भएको छ।
हामीले परिवर्तन गाउँपालिका भित्रका वडा अध्यक्ष,विभिन्न क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,शिक्षक महासंघका प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी,विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागितामा सूचना जारी गरेका छौं-गाउँपालिका अध्यक्ष बुढा मगरले भन्नुभयो ।
मदिरा जन्य पदार्थ किनबेच गर्नुभन्दा अगावै अनिवार्य रूपमा व्यवसाय दर्ता गरी इजाजत लिएर मात्र गर्ने।
१८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई कुनै पनि हालतमा मदिरा जन्य पदार्थ किनबेच साथै ओसार-पसार नराउने।मदिरा जन्य पदार्थ किनबेच गर्ने विक्रेताले खरिद गर्ने व्यक्तिको हकमा अनिवार्य रूपमा तीन पुस्ते विवरण राख्ने।
मेला र विभिन्न किसिमका कार्यक्रमहरुमा हुने मदिरा जन्य पदार्थ किनबेच गर्ने साथै ओसार-पसारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने।मदिरा किनबेच गर्ने व्यवसायले बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र किनबेच गर्ने।
मदिरा जन्य प्रयोग कर्ताले बेलुका ५ बजेदेखि राति ८ बजेसम्म मात्र प्रयोग गर्ने।जुवाको रूपमा खेल्न प्रयोग गरिने तास,ख्वारख्वारे लगायत विभिन्न प्रकारका खेलहरुलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने रहेका छन-पालिकाले जारी गरिएको जनहित सूचनामा भनिएको छ।
त्यस्तै माथि उल्लेखित सूचनालाई अटेरी गरी कानुनले बन्देज गरेको गतिविधि गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिनेछ-परिवर्तन गाउँपालिकाले जारी गरेको जनहित सूचनामा भनिएको छ।