चीन । दक्षिणी चीनको गुआङसी झवाङ स्वायत्त क्षेत्रको पिङ्गो सहरमा मटेरियल कम्पनिमा विस्पोट हुँदा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
राति करिव ९ः३० बजे भएको बिस्पोटमा परी चार जना मानिस बेपत्ता समेत भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । उनीहरुका अनुसार घाइतेहरुलाई उपचारका लागी अस्पताल पठाइएको छ भने अहिले अवस्था स्थिर रहेको हुँदा उद्धारकार्य जारी छ ।