Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस अर्घाखाँचीद्वारा चियापान कार्यक्रम सम्पन्न


१२, कात्तिक २०८०
  • 306
    SHARES
  • नेपाली कांग्रेस अर्घाखाँचीद्वारा चियापान कार्यक्रम सम्पन्न

    लक्ष्मण घिमिरे,अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष कांग्रेसले गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष पनि आयोजना गरेको हो ।

    भारतमा रहेका कांग्रेस नेता बिपी कोईरालाले २०३३ साल पुस १६ गते राजासँग विद्रोह होइन मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर नेपाल फर्केपछी त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन्। प्रत्येक वर्षको कोजाग्रत पुर्णिमाको दिन नेपाली कांग्रेस केन्द्रिय कार्यालयले सबै दलका नेता, कार्यालय प्रमुखहरु, कुटनितीक नियोगका व्यक्तीहरुलाई आमन्त्रण गरेर चियापान कार्यक्रम गर्दै आएको छ ।

    त्यसपछी प्रत्येक जिल्ला कार्यसमितिले समयानुकुल चियापान कार्यक्रम गर्दै आएका छन् । सोही अनुरुप अर्घाखाँचीमा आईतवार चियापान कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु मुस्कान, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि अध्यक्ष , राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापती हरी प्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता विनोद आचार्य, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा माओवादी (विप्लव) का जिल्ला सेक्रेटरी खेम घर्ती लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्दै विकासका निम्ती सबै दल एकजुट भएर लाग्नुपर्ने बताएका छन् । अर्घाखाँचीको हितका लागी सबै दल र नेताहरु निस्वार्थ भएर एकाकार हुनुपर्ने उहाँहरुको धारणा थियो ।

    विचारमा, सिद्धान्तमा, दृष्टिकोणमा मेलमिलाप नभएपनी देशको विकास र आम जनताको अपेक्षाका सवालमा मेलमिलाप गर्नुपर्ने आजको आवश्यक्ता रहेको उहाँहरुको भनाई छ । बिपीको मेलमिलाप नीतिको अन्तर्य बुझेर अघि बढ्ने हो भनेपनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने उहाँहरुले बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सभा पुर्ब सदस्य,नेपाली काङ्ग्रेस सम्सदिय दलको सचेतक तथा महासमिति सदस्य  निर्मला क्षेत्री, नेपाली काङ्ग्रेस प्रदेश सदस्य शान्ता भण्डारी, तरुणदलका केन्द्रिय सदस्य कपिल पोख्रेल, नेपाल महिला संघका केन्द्रिय सदस्य सिता भुसाल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रेम आचार्य, रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री, भातृ तथा सुभेच्छुक संघका प्रमुख, क्षेत्रिय तथा पालिका सभापती, निर्वाचित जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमको समापन गर्दै जिल्ला सभापती केशव श्रेष्ठले जिल्लाको विकासका निम्ती पार्टी कार्यालयमा नभएर खुला चौरमा छलफल हुन जरुरी रहेको बताउनुभयो । जितको उन्माद र हारको अस्विकार्यताले दलहरुबिच खटपट बढेको भन्दै उहाँले अर्घाखाँचीको विकास गर्ने हो भने सबै दलको सहभागितामा खुला चौरमा छलफल चलाएर एउटै गाडी चढेर काठमाण्डौ पुग्नुपर्ने बताउनुभयो । जिल्लाको विकास नभई देश विकास नहुने भन्दै उहाँले जिल्लाबाट विकासको थालनी गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रम सभापती श्रेष्ठको अध्यक्षता, बिष्णु मुस्कानको प्रमुख आतिथ्यता, उपसभापती बाबुराम पौडेलको स्वागत मन्तव्य तथा जिल्ला सचिव कृष्ण खनालको संचालनमा सम्पन्न भएको हो ।

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend