Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भएमा रु १५ लाख दिइने


१५, कात्तिक २०८०
  • 167
    SHARES
  • नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भएमा रु १५ लाख दिइने

    काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।  

    अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रू पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ । 

    नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरुलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा. शर्माले बताउनुभयो ।   

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो । 

    अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुनेछन् ।

    नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ओमानसँग खेल्नेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend