Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग


१५, कात्तिक २०८०
  • 208
    SHARES
  • तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग
    काबुल । निर्वासनको डरले भागिरहेका हजारौँ मानिसको सङ्ख्याका कारण सीमा चौकीहरूमा दबाब बढेको भन्दै अफगानिस्तानको तालिबान सरकारले बुधबार कागजातविहीन अफगानीहरूलाई पाकिस्तानबाट निकाल्न पाकिस्तानसँग थप समय दिन आग्रह गरेको छ । 
     
    पाकिस्तान सरकारले आफ्नो मुलुकमा अवैधरूपमा बसेका १७ लाख अफगानीहरूलाई नोभेम्बर १ सम्ममा स्वेच्छाले मुलुक छोड्न वा जबरजस्ती हटाउने समय दिएको थियो । तोर्खाम र चमन सहरका सीमा अधिकारीरूका अनुसार अक्टोबरको सुरुमा आदेश दिइएपछि एक लाख ३० हजारभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन् । जसबाट सीमाको दुवैतिर अवरोध सिर्जना भएको छ । 
     
    दशकौँको सङ्घर्षका क्रममा आफ्नो देशबाट भागेका लाखौँ अफगानीको आतिथ्यता गर्ने पाकिस्तान र अन्य मुलुकलाई तालिबान अधिकारीहरूले धन्यवाद दिएका छन् । अधिकारीहरूले एक विज्ञप्तिमा थोरै सूचना दिएर उनीहरूलाई निर्वासन नगर्न र तयारी गर्न समय दिन आग्रह गरेका छन् ।  
     
    सन् २०२१ मा सत्ता सम्हालेपछि तालिबान सरकारले अफगानीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तर उसले पाकिस्तान सरकारको कार्यको निन्दा गर्दै इस्लामाबाद र काबुलबीचको तनावका लागि नागरिकहरूलाई सजाय दिइरहेको बताएको छ । तालिबान सरकारले अफगानीहरूको प्रस्थानका लागि थप समय दिन आग्रह गरेको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend