Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता


१६, कात्तिक २०८०
  • 161
    SHARES
  • थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता
    इरान । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाई नागरिकको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउनुभएको छ । 
     
    वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए । भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैङ्ककमा पत्रकारहरूसँग भन्नुभयो । 
     
    इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो । हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो । जवाफमा इजराइली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
     
    थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यी वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घन्टा बैठक बसेको जानकारी दिनुभयो । “उनीहरू निर्दोष रहेको भन्दै मैले थाई बन्धकको रिहाइका लागि कुरा गरेँ”, उहाँले भन्नुभयो, “उनीहरूले थाई बन्धकको राम्रो हेरचाह गरिएको मलाई अश्वासन दिएका छन् तर उनीहरूको रिहाइको मिति बनाउन सकेनन्, उनीहरू उचित समयको प्रतीक्षा गरिरहेका थिए ।”
     
    “उनीहरूले हाम्रो चिन्तालाई स्वीकार गरेका छन् किनकी थाइल्यान्डले मुस्लिम समुदायलाई दया र लाभ देखाएका छन् भन्ने उनीहरूलाई थाहा छ, उनीहरू थाइल्यान्डलाई सम्मान गर्छन्”, अरिपेनले भन्नुभयो । 
     
    प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताउनुभएको छ । साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग कुराकानी गर्नुभएको छ । 
     
    कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ का बावजुद बन्धकहरूलाई मुक्त गराउने प्रयासलाई अगाडि बढाइरहेको बताउनुभएको छ । 
     
    प्रधानमन्त्री श्रेथाले बुधबार राति इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्नुभएको थियो । “उहाँले मलाई थाई बन्धकहरूको तुरुन्त सहयोगका लागि सक्दो प्रयास गरिने बताउनुभएको छ”, प्रधानमन्त्री श्रेथाले भन्नुभयो । पछि नेतान्याहुको कार्यालयले इजराइलले सबै बन्धकलाई मुक्त गराउन सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री श्रीथालाई आश्वास दिएको बताएको थियो । 
     
    द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका थिए । थाइल्यान्डले इजराइलमा रहेका सात हजार नागरिकलाई विमानमार्फत स्वदेश फर्काएको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend