Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओमानद्धारा नेपाल पराजित


१६, कात्तिक २०८०
  • 130
    SHARES
  • ओमानद्धारा नेपाल पराजित

    काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमनसँग पाँच रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४० रनमै समेटिएको हो। 

    नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२/१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्। 

    ओमनका लागि सकील अहमद, मेहरन खान र अकिब इलयासले दुई/दुई तथा बिलाल खान र जीसम मक्सूदले एक/एक विकेट लिए।

    यसअघि ब्याटिङ गरेको ओमनले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।

    नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई तथा गुल्सन झा र अविनाश बोहराले एक/एक विकेट लिए।

    यससँगै ओमन समूह ‘ए’को शीर्षस्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend