Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस गुल्मीले मंसिरको पहिलो हप्ताभित्र सम्मेलन गर्ने


१६, कात्तिक २०८०
  • 159
    SHARES
  • कांग्रेस गुल्मीले मंसिरको पहिलो हप्ताभित्र सम्मेलन गर्ने

    गुल्मी। नेपाली कांग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्ने भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

    यस जिल्लाका ९३ वटै वडा र १२ वटै स्थानीय तहमा पार्टीको सम्मेलन सकिएको भन्दै अब आगामी मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन सम्पन्न गर्ने तयारीमा गुल्मी कांग्रेस लागेको उहाँले बताउनुभयो । 

    पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन पनि सम्मेलनको अति नै आवश्यकता रहेको भन्दै सबैको सल्लाह एवम् सुझावमा दोस्रो जिल्ला सम्मेलनलाई मंसिर पहिलो हप्ताभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । तर अहिले नै मिति भने तय नगरिएको सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।

    बैठकमा आएका विचार र सुझाव सल्लाहका आधारमा सबै नेता एवम् कार्यकर्ताको मनोभावनाअनुसार पार्टीका आगामी कार्यक्रम तय गरिने भन्दै दोस्रो जिल्ला सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

    कात्तिक २२ गते एकै दिन जिल्लाका १२ वटै स्थानीय तहमा पार्टीको दोस्रो जिल्ला सम्मेलन सफलताका साथ सम्पन्न गर्नका लागि तयारी बैठक बस्ने भएको सचिव जगदीश भट्टराईले बताउनुभयो । सम्मेलन तयारी बैठकका लागि गुल्मी काँग्रेसले जिल्ला प्रतिनिधि समेत स्थानीय तहमा खटाएको छ ।

    सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन उदघाटनसत्र वृहत् भेला तथा आमसभा र दोस्रो दिन बन्दसत्र पार्टीको साङ्गठनिक प्रतिवेदन प्रस्तुत, नेता कार्यकर्तालाई प्रशिक्षणसहित साङ्गठनिक भावी योजनाको बारेमा जानकारी गराइने बताइएको छ । 

    लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यहरू, पूर्व जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, स्थानीय तहका सभापति, विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका सभापतिहरूको उपस्थिति रहेको सो बैठकमा जिल्ला पार्टी सङ्गठनको बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend