Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीको सम्मेलन सम्पन्न


१७, कात्तिक २०८०
  • 203
    SHARES
  • युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीको सम्मेलन सम्पन्न

    रोल्पा।युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटी रोल्पाको सम्मेलन बिहीबार परिवर्तन गाउँपालिकामा सम्पन्न भएको छ।नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन,युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीको दोस्रो सम्मेलन परिवर्तन गाउँपालिका-५ पुतलाचौरमा सम्पन्न भएको हो।युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटी रोल्पाका बल प्रसाद बुढा सी को अध्यक्षता भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा जिल्ला इन्चार्ज सम्झन घर्ती(असीना)सी को प्रमुख आतिथ्यता रहेको थियो।

    युवा संगठन नेपालका केन्द्रिय सचीव धन बहादुर थापा(विश्लेषण)सी को विशिष्ट आतिथ्यता रहेको थियो। केन्द्रिय प्रतिनिधि सदस्य लालबहादुर ओली (विश्व)सि र रोल्पा जिल्ला पश्चिम रोल्पाका सेक्रेटरी कुशल ओली(सन्दीप)सि लगायतका अन्य अतिथीहरुको आतिथ्यता रहेको नेकपा परिवर्तन गाउँ कमिटीका इन्चार्ज पृथ्वी डाँगी सि ले जानकारी दिनु भएको छ।

    सम्मेलनको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा इन्चार्ज सम्झना घर्ती(असिना)सि ले अहिलेको यो दलाल पुँजी व्यवस्थाले गर्दा धेरै समस्या आएको र त्यसको समाधानका लागि वैज्ञानिक समाजवादबाट मात्र सम्भव भएको बताउनु भएको छ।

    भेलाको दोस्रो सम्मेलनबाट निर्माण बुढा सी को अध्यक्षतामा २५ सदस्यीय नयाँ युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटी निर्माण गरिएको नेकपा परिवर्तन गाउँ कमिटीका सेक्रेटरी हिरालाल खड्का सीले जानकारी दिनुभएको छ।

    उपाध्यक्ष सुरज बुढा,सचिव तिलक केसी,सह-सचिव यमुना घर्ती मगर,कोषाध्यक्ष दिनेश वली,सदस्यहरु अनुपम बुढा,विवश बुढा,भुपेन्द्र थापा इमेज थापा,देवराज विक,लालबहादुर घर्ती,रेशम थापा,भिम रिजाल,निराजन रोका,गणेश विक,मेकेन्द्र डाँगी,मदन बुढा मगर,महेन्द्र पुन मगर,अनिश घर्ती शर्मिला बुढा मगर,उर्मिला घर्ती,समशेर केसी,शक्तिराम सि,भरत डाँगी,मिलन बुढा र गणेश डाँगी लगायत रहेका छन।

    युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीका निखिल वली सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विकास खड्का सीले गर्नु भएको थियो ।

    397094433_221393307496396_5136729468652855753_n (1).jpg
    368395159_1537233197043703_5153668162231638589_n.jpg
    371449672_1411340859795213_1593506572744209161_n.jpg
    371468158_344053608137609_509368742758860607_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend