Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने


१७, कात्तिक २०८०
  • 192
    SHARES
  • न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

    न्युजिल्यान्ड । शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताउनुभएको छ ।  

    लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उहाँलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ । 

    एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिनुभयो । 

    “अन्तिम स्पष्टता हुनु राम्रो हो, अब हामी तीव्रता प्राप्त गर्न सक्छौँ”, गठबन्धन सम्झौतामा समय सीमा तोक्न अस्वीकार गर्दै वेलिङ्टनस्थित संसद्मा पत्रकारहरूसँग लक्सनले भन्नुभयो, “हामी दुवै पार्टीसँग रचनात्मकरूपमा काम गर्नेछौँ, हामी एकसाथ आउनेछौँ र एउटा बलियो र स्थिर सरकार बनाउनेछौँ ।”

    नोभेम्बरमा सान फ्रासिस्कोमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख नेताहरूको शिखर सम्मेलन सुरु हुनुअघि न्युजिल्यान्डमा सरकार बन्न सक्छ वा सक्दैन भन्ने स्पष्ट छैन । 

    सरकार गठन गरेको पहिलो एक सय दिनमा नेसनल पार्टीले स्कुलमा सेलफोनमाथि प्रतिबन्ध, अपराध नियन्त्रण र योजनाबद्ध इन्धनमा कर वृद्धि खारेजजस्ता परिवर्तन गर्ने वाचा गरेको छ । 

    न्युजिल्यान्डका मतदाताहरूले अक्टोबर १४ मा भएको निर्वाचनमा मध्य–वामपन्थी लेबर सरकारको छ वर्षको शासनलाई अन्त्य गरेका छन् । जनवरीमा जसिन्डा अर्डर्नको स्थानमा प्रधानमन्त्री बन्नुभएका क्रिस हिपकिन्सले मतदान सकिएको केही घन्टापछि पराजय स्वीकार गर्नुभएको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend