Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मी भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकालाई


१९, कात्तिक २०८०
  • 241
    SHARES
  • गुल्मी भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकालाई

    गुल्मी । प्रथम गुल्मी भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकाले जितेको छ। भलिबल संघ गुल्मीले सञ्चालन गरेको पालिकास्तरीय महिला र पुरुष भालिबल प्रतियोगिताको दुवै उपाधि हात पार्न सत्यवती गाउँपालिकाले नै सफल भएको हो। महिला र पुरुष दुवै तर्फको द्वितीय पुरस्कार कालीगण्डकी गाउँपालिकाले हात पारेको छ। 

    भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रकोट र महिला तर्फ दरबार गाउँपालिकाले तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै पुरुषतर्फ मुसिकोट नगरपालिका र महिला तर्फ रुरु क्षेत्र गाउँपालिका सान्त्वना भएका हुन्। 

    पुरुष भलिबल खेलमा प्रथमले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका छन्।

    त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका हुन्। 

    कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको भलिबल कपमा जिल्लाका १२ वटै स्थानीय तहका पुरुष खेलाडी सहभागी थिए। त्यस्तै महिला भलिबल प्रतियोगितामा चन्द्रकोट,छत्रकोट र मदाने बाहेका ९ वटा स्थानीय तहका महिला खेलाडीको सहभागिता रहेको जिल्ला भलिबल संघ गुल्मीले जानकारी दिएको छ। 

    प्रथम गुल्मी भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकाले जितेको छ। भलिबल संघ गुल्मीले सञ्चालन गरेको पालिकास्तरीय महिला र पुरुष भालिबल प्रतियोगिताको दुवै उपाधि हात पार्न सत्यवती गाउँपालिकाले नै सफल भएको हो। महिला र पुरुष दुवै तर्फको द्वितीय पुरस्कार कालीगण्डकी गाउँपालिकाले हात पारेको छ। 

    भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रकोट र महिला तर्फ दरबार गाउँपालिकाले तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै पुरुषतर्फ मुसिकोट नगरपालिका र महिला तर्फ रुरु क्षेत्र गाउँपालिका सान्त्वना भएका हुन्। 

    पुरुष भलिबल खेलमा प्रथमले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका छन्।

    त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका हुन्। 

    कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको भलिबल कपमा जिल्लाका १२ वटै स्थानीय तहका पुरुष खेलाडी सहभागी थिए। त्यस्तै महिला भलिबल प्रतियोगितामा चन्द्रकोट,छत्रकोट र मदाने बाहेका ९ वटा स्थानीय तहका महिला खेलाडीले सहभागिता जनाएको जिल्ला भलिबल संघ गुल्मीले जनाएको छ। 

    जिल्लाको सदरमुकाम रेसुंगा नगरपालिका तम्घास चिदिचौर खेल मैदानमा सञ्चालित प्रथम गुल्मी भलिबल कपले नयाँ खेलाडी उत्पादन, खेलको विकास र विस्तारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ। खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ र नेपाल भलिबल संघको नियम सहित खेल नकआउट सिस्टममा खेलाइएको थियो।

    398222188_251239841260963_6198322699172396897_n.jpg

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend