Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह


२०, कात्तिक २०८०
  • 1,217
    SHARES
  • सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह
    चीन । म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गर्नुभएको छ ।
     
    चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गर्नुभयो । तेइस हजार सर्वसाधारणलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारिएको झडपहरूबारे उहाँले जुन्ता अधिकारीहरूसँग कुराकानी गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले झडपका क्रममा २३ हजार नागरिक आफ्नो घर छाड्न बाध्य भएको बताएको छ । 
     
    “म्यान्मासँग चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आह्वान गरिएको छ”, नोङको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । नोङले आफ्नो भ्रमणका क्रममा म्यान्माका उपप्रधानमन्त्री एवं विदेशमन्त्री थान स्वे र उपविदेशमन्त्री ल्विन ऊसँग भेट गर्नुभएको बेइजिङले जनाएको छ । 
     
    उहाँले भन्नुभयो, “चीनले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गरेको छ ।”
     
    पूर्वोत्तर शान राज्यमा म्यान्माका जातीय अल्पसङ्ख्यक समूहहरूको गठबन्धनले सुरु गरेको हालैको हमलालाई सन् २०२१ मा सत्ता कब्जा गरेपछि जुन्ता सरकारसामु सबैभन्दा ठूलो सैन्य चुनौती ठानिएको विश्लेषकहरूले बताएका छन् ।
     
    गत साता चीनले बेइजिङको वैश्विक बेल्ट एन्ड रोड पूर्वाधार परियोजनाको एउटा हिस्साका रूपमा रहेको एक अर्ब डलरको रेल मार्ग निर्माण गर्ने योजना बनाइएको क्षेत्रमा तत्काल युद्धविराम गर्न आग्रह गरेको थियो । 
     
    छिमेकी कचिन राज्यस्थित जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) आफ्नो सेनामाथि आक्रमणमा सामेल भएको जुन्ताले शनिबार बताएको थियो । स्थानीय मिडियाका अनुसार जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामा गोलाबारी गरेको थियो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend