Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने


२२, कात्तिक २०८०
  • 173
    SHARES
  • कांग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पपछि भएको जनधनको क्षतिमा पार्टीका तर्फबाट आवश्यक अनुगमन र सहजीरकणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कांग्रेसले भूकम्पपछि भएको जनधनको क्षतिमा आवश्यक सहजीरकणका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको थियो । उहाँहरु समितिका तर्फबाट आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्र पुग्दै हुनुहुन्छ ।

    कांग्रेसले उद्धार, राहत र पुनःस्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियो । भूकम्पपछि कांग्रेसले हालसम्म उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन, सरकारको राहत कोषमा रु ५० लाख सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रम स्थगन, कयौंँ जिल्लाबाट पार्टीका स्वयंसेवक राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध, पार्टीको धारणा र सुझाव (तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्य)सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइसकेको छ ।

    महामन्त्रीद्वय थापा र शर्मा केहिदिन त्यहाँ रहेर उहाँहरुले सात बुँदे कार्य’ मा ध्यान केन्द्रीत गर्नुहुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँहरुले राहत वितरणमा देखिएका कमजोरीको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्नुहुनेछ ।
     
    साथै उहाँहरुले सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्नुहुनेछ । महामन्त्रीद्वयले उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने /गराउनुहुनेछ ।

    उहाँहरुले स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनःस्थापनामा सम्पादन गर्नुपर्ने विषयको अध्ययन गर्नुहुने कांग्रेसले जनाएको छ । भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने जिम्मेवारीसमेत उहाँहरुलाई तोकिएको छ । महामन्त्रीद्वयले सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्नुहुनेछ । 

    साथै उहाँहरुले पुनःस्थापना र पुनःनिर्माणका लागि कांग्रेसको धारणा कार्यान्वयनमा के कस्तो समस्या आइपर्न सक्छन्, सरोकारवालाको सुझाव के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्नुहुने बताइएको छ । महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप सङ्घमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउनु हुने पार्टी कार्यालयले जनाएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend