Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्यूठानमा विवाह गर्छु भनेर करणी, झापामा चिया बगानमा रमिता


२४, कात्तिक २०८०
  • 209
    SHARES
  • प्यूठानमा विवाह गर्छु भनेर करणी, झापामा चिया बगानमा रमिता

    काठमाडौं । प्यूठान जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माण्डवी गाउँपालिका–४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

    दमाईले ती महिलालाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उता, झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend