रोल्पा।रोल्पा जिल्ला हरेक हिसाबले अगाडि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताउनु भएको छ। शुक्रबार रोल्पाको शहिद मार्गको सबैभन्दा लामो पुल १६९ लामो थबाङ खोला पुल,नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान अन्तर्गत थबाङ गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम,५० शैया रोल्पा अस्पतालको नवनिर्मित आधुनिक भवनको उद्घाटन तथा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको रोल्पा जिल्ला स्तरीय बृहत जनसभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।
रोल्पा जिल्ला क्रान्तिको,शान्तिको,निर्माणको र पुनःनिर्माणको प्रतीक भएको जिकिर गर्नु भएको छ। रोल्पा युगान्तकारी परिवर्तन ल्याउन नेतृत्वदायी भुमिका खेलेको जिल्ला हो र अर्को रूपमा रोल्पालाई हेर्ने हो भने राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा पनि सु-परिचित र सु-स्थापित जिल्ला हो प्रचण्डले भन्नुभयो।
रोल्पा जिल्ला पहिले भौतिक दृष्टिकोणको हिसाबले शिक्षा,स्वास्थ्य,रोजगारी,कृषि,उत्पादन हरेक हिसाबले पछि परेको जिल्ला हो’उहाँले भन्नुभयो।जब हामीले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिर्यो तब अहिले यहाँ भौतिक पुर्वाधारको हिसाबले र हरेक हिसाबले रोल्पामा तीब्र रूपमा विकास भइरहेको देख्न सकिन्छ’प्रचण्डले भन्नुभयो।
रोल्पाले भौतिक पुर्वाधारको दृष्टिकोणको हिसाबले,शिक्षाको क्षेत्रमा पनि विकास भइरहेको बताउदै प्रचण्डले भर्खरै आफू छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा गएको र मैले त्यहाँ सहभागी हुँदा कृषिको उत्पादन बृद्धि र प्रकृतिको प्रयोग सम्बन्धमा द्व्य पक्षीय सम्झौता भएको छ र त्यस मध्ये एउटा परियोजना रोल्पामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छु’उहाँले भन्नुभयो।
रोल्पा अस्पताल भवनको अवलोकन गर्दा निर्माणको हिसाबले उत्साह ब्रहक रहेको बताउदै अस्पतालमा जनशक्तिको अभाव सँगै स्रोत साधनहरुको पनि अभाव रहेको आफूलाई जानकारी भएको समेत जिकिर गर्दै मैले नेपाल सरकारको तर्फबाट आफू काठमाडौ गएर स्वास्थ्य मन्त्रालयसँग गम्भीर छलफल गर्ने र रोल्पा अस्पतालको लागि आवश्यक जनशक्ति आपूर्तिको लागि पह्ल गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ।
नेपाल सरकारले सुशासनको पक्षमा,सामाजिक न्यायको पक्षमा,आर्थिक समृद्धिको पक्षमा केही नयाँ अभियानहरु अगाडि आएका छन्’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।अर्थतन्त्रको दबाबमा नेपाल अझै रहेको जिकिर गर्दै त्यसको समाधानका लागि सरकार पर्यन्तशील रहेको र हिजो आज केही समय देखि अर्थतन्त्रमा सुधारका प्रस्ट संकेतहरु देखा परेको छ । तिहार लगत्तै आफूले आर्थिक क्षेत्रको चुनौतीहरुको सामना गर्नका निम्ति एउटा राष्ट्रिय स्तरको बृहत छलफल गर्ने र निष्कर्ष निकाल्ने निर्णय गरेको छु’उहाँले भन्नुभयो ।
मलाई विश्वास छ,त्यसबाट हामी अगाडि बढ्ने छौं र अहिलेनै केही सकारात्मक संकेत देखिएको छ फेरि थप्दै प्रचण्डले भन्नुभयो तपाईंहरुले थाहा पाइरहनु भएको छ,राष्ट्रिय स्वतन्त्रताको शुद्धीकरणका निम्ति नेपालको राष्ट्रिय हितका विषयमा अन्तर्राष्ट्रिय सम्बन्धहरु शुद्धीकरण गर्ने हाम्रा छिमेकी राष्ट्रहरु भारत र चीन देशहरुसँग सन्तुलित सम्बन्ध मात्र नभई उनीहरूसँग द्व्य पक्षीय हितमा नेपालको राष्ट्रिय हित प्रबर्द्धन केन्द्र बिन्दुमा राखेर धेरै महत्त्वपूर्ण सहमति सम्झौता भएका छन’उहाँले भन्नुभयो।
भर्खरै अमेरिकामा संयुक्त राष्ट्र संघको महासभामा मैले नेपालको आवश्यकता,राष्ट्रको मौसम परिवर्तन पछीको स्थिति लगायत यहाँको कृषि क्षेत्रको आधुनिकीकरण उत्पादन वृद्धि,रोजगार सिर्जना लगायत शिक्षा,स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु।
आफ्नो निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनो गुटरेस कार्तिक १२ गतेदेखि १५ गतेसम्म ४ दिने नेपाल भ्रमणमा आएको र उहाँले मौसम परिवर्तनको नेपालमा कस्तो नकारात्मक प्रभाव परेको छ भन्ने कुरा सर्बोच्च शिर सगरमाथा र अन्नपूर्ण हिमालको वेस क्याम्पमा पुगेर मैले र संयुक्त राष्ट्र संघका महासचिव गएर दुबैले बुझ्ने गरेको र अर्को गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा गएर मायादेवी मन्दिरको अगाडि अशोक स्तम्भ अगाडि उभिएर विश्व समुदायलाई शान्तिको अपिल गरेका छौँ र त्यसको एउटा अन्तर्राष्ट्रिय समुदायमा नेपाल बनेको छ’उहाँले भन्नुभयो ।
मलाई विश्व छ,अब छिट्टै दुबैमा जलवायु परिवर्तन सम्बन्धि सम्मेलन हुँदै छ,त्यहाँ हामी यो पटक संसारलाईनै लिड गर्ने हिसाबले नेपालमा हिमालहरु पग्लिदै छन,तालहरु सुक्दै गएका छन र नेपाल मात्र नभई उत्तर दक्षिणमा रहेका सबै मानिसहरूको जीवनमा नकारात्मक असर परेको कुरामा नेपालको अधिकार यस क्षेत्रको अधिकार स्थापित गर्ने ढंगले नेतृत्वदायीको हिसाबले विश्व जलवायु परिवर्तनको नेतृत्वको हिसाबले जानुपर्छ भन्ने तयारी गरेको छु’प्रचण्डले भन्नुभयो।
केही प्रतिक्रान्ती,प्रतिगामी तत्वहरुले चलाएको भ्रमको जवाफ दिने गरि अहिले विकासलाई गति दिने हिसाबले हिजो बिहीबार मात्र क्याबिनेटबाट ४ महत्त्वपूर्ण निर्णय भएको र अहिलेसम्मकै सबै भन्दा ठूलो परियोजनाका रूपमा मेघा प्रोजेकको रूपमा कर्णाली चिसापानी जलविद्युत आयोजना १० हजार ८ सय मेगावाटको परियोजना अगाडि बढाएका छौँ र विद्युत प्राधिकरण र एशियाली विकास बैंकसँग कुरा भएर हिजो बिहीबार निर्णय भएको छ । त्यस्तै ३ वटा खेलकुद मैदानको आयोजनाका रूपमा क्रीकेट मैदान बनाउने निर्णय भएको बताउदै काठमाडौको मुलपानी,चितवनको भरतपुर र विराटनगरमा निर्माण हुने र नेपाली खेलाडीलाई थप उर्जा थपिने विश्वास लिएको समेत बताउनुभयो।
अहिलेको सरकारले सामाजिक सुरक्षा कोष,भुटानी शरणार्थी,ललित निवास जग्गा,सुनकाण्ड र तराईमा रहेको किसानको समस्याको रूपमा रहेको मिटरब्याज जस्ता ठूलाठूला काण्ड र भष्ट्रचारको फाइल खोल्ने राम्रो काम गरेको छ।बुढी गण्डकी जलविद्युत आयोजना,निजगढ विमानस्थल लगायतको काम अगाडि बढ्ने बताउदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
आफूले छिमेकी राष्ट्र भारत र चिनको भ्रमण गरेको स्मरण गर्दै भारतको सिमा विवादको विषयमा छलफल भएको र सिमाबिवाद हल गर्ने सम्झौता भएको र चीनसँग पनि क्रस बोर्डस ट्रान्समिटर लाइन बनाउने सम्झौता भएको छ।रोल्पाले नेपालको राजनीतिक परिवर्तनमा जे जति बलिदान गर्यो,जे जति त्याग तपस्या गर्यो,त्यसको तुलनामा अहिले भएको विकास पर्याप्त छैन,अझ हामीले धेरै गर्नुछ’प्रचण्डले भन्नुभयो।
हिजो सामन्तवादको विरुद्ध,निरंकुशतन्त्र विरुद्ध,जनवादी क्रान्तिको आधार केन्द्रको इलाकाको रूपमा रोल्पा अग्रनी भूमिका रोल्पाले खेलेको छ । अब हामी जनवादी क्रान्ति पुरा गरेर मौलिक तरिकाले हामी समाजवादी क्रान्तिको तयारीमा रहेकोे र यो समाजवादी क्रान्तिको तयारीको केन्द्र पनि हाम्रो आधार ईलाका रोल्पा,रुकुम,जाजरकोट,सल्यान,सुदुर पश्चिमका जिल्लाहरु लगायत सुदुर पर्वसम्मका र हाम्रो मुख्य आधार ईलाकाको रूपमा रहेको र त्यसको अग्रनी रोल्पाले अब समाजवाद निर्माणको निम्ति पनि त्यो आन्दोलनको पनि नेतृत्वदायी भूमिकाको अग्रनी रोल्पाले खेल्नुपर्छ।
उहाँले भन्नुभयो’ म जहिले पनि रोल्पा आउँदा एउटा नयाँ उर्जा प्राप्त गरेर काठमाडौ फर्कने गर्दथे।अहिले मात्र नभई हिजोको जनयुद्ध कालमा पनि,शान्ति कालमा पनि अब अहिले निर्माण कालमा पनि,यो निर्माणको काल भन्छु,अहिले देश निर्माणको काल भएकोले हामी सबै मिलेर देश निर्माण गर्नुछ,यसको लागि सबै मिलेर जानुपर्छ’प्रचण्डले भन्नुभयो।