बुटवल। वरिष्ठ पत्रकार तथा अधिवक्ता डा.बालकृष्ण चापागाईंद्वारा आयोजित नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली , छठ पर्व तथा नेपाल संवतका अवसरमा परिवर्तित सन्दर्भमा ‘मिडिया मिसन’ बारे विचार विमर्श, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बुटवल– १३ बेलबासमा सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरुले पत्रकारिता जहिले पनि मिसनमा आधारित हुने भन्दै पछिल्लो समयमा पत्रकारिताको मिसन के हुने ? भन्ने बारे निचोड निकाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संविधानसभा सदस्य नजिर मिया, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, अग्रज पत्रकारहरु डि.आर. घिमिरे, मोहन चापागाईं, भरत केसी, श्यामलाल पोख्रेल, शेर बहादुर केसी, महेन्द्र थापाले मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनाल, सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,रुद्रहरी कुँवर, रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्री, राजनीतिक विश्लेषक मनिकर कार्की, कुलमणि ज्ञवाली, युवराज कंडेल, हरि ज्ञवाली, माधव कुमार पौडेल, यमलाल मरासिनी, दीपक पन्थी, कृष्ण भुसाल ‘दीप’ टंक सुनारलगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा लेखक ऋषि आजादले कार्यक्रम सन्चालन गर्नुभएको थियो । डा. चापागाईंले यस प्रकारको शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रत्येक वर्षका चाडवाडका अवसरमा निरन्तरता दिन प्रयासरत रहने बताउनुभयो ।