Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती


२६, कात्तिक २०८०
  • 219
    SHARES
  • बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

    बाँके । लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ ।  

    छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ जना बर्दिया जिल्लाका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् ।

    गैरसकारी सस्था आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ-ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताउनुभयो । अस्पतालमा अघिल्लो आव २०७८/७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको थियो ।

    नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जनस्वास्थ्य समस्याको रूपमा कुष्ठरोगको सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको बताउनुभयो । समाजमा अहिले पनि रोगी लुकेर बसेको हुनसक्ने भएकाले खोजी अभियान शिविर सञ्चालनको आवश्यकता रहेको उहाँको भनाइ छ ।

    जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेट्टाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गर्नुभयो ।

    जिल्ला स्वाथ्य कार्यालय बाँकेका क्षय कुष्ठ स्रोत व्यक्ति रवीन्द्र शाहले जिल्ला स्वास्थ्य कार्यालयमा रोग निवारण अभियानका लागि बजेट नभएको जानकारी दिँदै स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग स्रोत व्यक्ति जीवन रजौरेले अझै पनि समाजमा कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकाले उनीमाथि भेदभाव हेला हुने गरेको उल्लेख गर्नुभयो । अहिले पनि कुष्ठरोगका बिरामीको स्वास्थ्य संस्थासँग पहुँच नरहेकाले उहाँको भनाइ छ ।
     
    जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले यस क्षेत्रमा आईएनएफले कुष्ठरोग निवारणको लागि सकारात्मक कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सरोकारवाला निकायबीच थप सरसल्लाह र समन्वय गरेर लाग्ने बताउनुभयो । उहाँले कुष्ठरोग निवारणका लागि जिल्लाका स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारसँग बजेट व्यवस्थापनका लागि आफूले समन्वय गर्ने बताउनुभयो । 

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend