Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

श्री शान्ति माध्यमिक विद्यालय तथा बेइजिङ इन्टरनेशनल चाइनिज कलेजबीच समझदारीपत्रमा हस्ताक्षर


१, मंसिर २०८०
  • 839
    SHARES
  • श्री शान्ति माध्यमिक विद्यालय तथा बेइजिङ इन्टरनेशनल चाइनिज कलेजबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । श्री शान्ति माध्यमिक विद्यालय तथा बेइजिङ इन्टरनेशनल चाइनिज कलेज(BICC)बीच चिनियाँ भाषाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्न र उक्त भाषामा सञ्चार समेत प्रवर्द्धन गर्न मिति २०८० साल कार्तिक २९ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    समझदारीपत्रमा दुवै शैक्षिक संस्थाहरूले शिक्षण अनुसन्धान, शिक्षण सामग्री विकास, र संस्कृति प्रसारण र भगिनी विद्यालय निर्माणमा सहकार्य गर्ने उल्लेख गरिएको छ।

    बेइजिङ इन्टरनेशनल चाइनिज कलेजले चिनियाँ भाषा अध्ययन गर्न चीन आउने विदेशी विद्यार्थीहरू, स्थानीय चिनियाँ भाषाका शिक्षकहरूको तालिम, चीनमा विदेशी चिनियाँ भाषाका शिक्षकहरूको तालिम कार्यक्रम र विदेशी विद्यार्थीहरूको चिनियाँ भाषा समर क्याम्पलगायत कार्यक्रमहरूमा भगिनी विद्यालयलाई सहयोग गर्नेबारे समेत दुवै शैक्षिक संस्थाबीच समझदारी भएको छ।

    यसैगरी, श्री शान्ति माध्यमिक विद्यालयले सम्बन्धित कार्यक्रमहरूको लागि सक्रिय रूपमा शिक्षक नियुक्त र विद्यार्थीहरू भर्ना गर्ने, बेइजिङ इन्टरनेशनल चाइनिज कलेजसँग समन्वय गरी चिनियाँ भाषा शिक्षण सामग्री र शिक्षण विधिहरूबारे अनुसन्धान तथा विकास गर्ने व्यहोरा उक्त समझदारीपत्रमा उल्लेख गरिएको छ।

    श्री शान्ति माध्यमिक विद्यालयको तर्फबाट सो समझदारीपत्रमा उक्त विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend