Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुरु गाउँपालिकाले प्रदेशस्तरीय लाखे महोत्सव गर्ने


२, मंसिर २०८०
  • 288
    SHARES
  • रुरु गाउँपालिकाले प्रदेशस्तरीय लाखे महोत्सव गर्ने

    गुल्मी । गुल्मीको प्रशिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले रुरुक्षेत्र गाउँपालिकाले लुम्बिनी प्रदेशस्तरीय प्रथम '‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता" गर्ने भएको छ । 

    रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रममा ब्यबस्था भए अनुसार सो प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी गाउँपालिकाले जनाएको छ ।

     रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले लुम्बिनी प्रदेशस्तरीय प्रथम महोत्सवले रुरुक्षेत्रको समग्र धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै प्रदेशभरका स्थानीय तहका मौलिक कला संस्कृतिलाई जगेर्ना र पहिचान स्थापित गर्न यो महोत्सव उपलब्धिमुलक हुने विश्वास ब्यक्त गर्नु भयो । 

    गाउँपालिकाले पर्यटन प्रवर्द्धन,कला संस्कृतिको संरक्षण तथा सामाजिक एकता र सद्भाव कायम गर्नुका साथै मौलिक संस्कृति संरक्षण मार्फत भातृत्व कायम गर्ने उद्देश्यले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिएको जानकारी रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले दिनुभयो।

    कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि गाउँपालिकाको समन्वयमा नेवा: देय् दवू जिल्ला कार्यसमिति,बलेटक्सार गुल्मीको आयोजनामा‘लाखे महोत्सव तथा लाखेनाच प्रतियोगिता’ हुन लागेको हो। 

    उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहबाट सहभागी हुन सकिने र सहभागिताका लागि अनुरोध गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत पाण्डेले दिनु भयो।

    मंसिर ९ गते रुरुक्षेत्र गाउँपालिकाको खेलमैदान, रुरुक्षेत्र गाउँपालिका–४,घिउबेंसीमा हुने सो प्रतियोगिताको लागि आठ गतेभित्र अनिवार्य समूह दर्ता गराउन गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

    लाखे नाच प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार एक रुपियाँ, द्वितीय हुनेलाई ३५ हजार एक र तृतीय हुनेलाई २० हजार एक रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो।

    received_386812393697868.jpeg

    received_1080611853095362.jpeg
    undefined

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend