बुटवल । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियान्ता माधव देवकोटाको सोमबार दिउँसो सडक दुर्घटनामा परी निधन भएको छ ।
देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार देवकोटाको घटनास्थलमै निधन भएको हो । तिलोत्तमामा सञ्चालित तिलोत्तमा सहकारीका अध्यक्ष रहनुभएका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक हुनुहुनथ्यो।
देवकोटा सवार मोटरसाईकललाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । देवकोटासंगै तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको निधन भएको प्रहरीले जनाएको छ ।
लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा सवार गरी देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जांदै गरेको अवस्थामा दुर्घटनामा परेको बताईएको छ । मृतक महिलाको परिचय खुलेको छैन । मृतक दुवैको सव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।