Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पाइन छोडे हल गोरु


५, मंसिर २०८०
  • 154
    SHARES
  • पाइन छोडे हल गोरु
    बागलुङ । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे । 
     
    गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो । तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन् । बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन । हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ । आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए ।
     
    ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । पहिले पाँच/सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन् । गाउँगाउँमा खेतबारी जोत्ने उपकरण पुगेपछि हल गोरु विस्थापित हुँदै गएका हुन् । 
     
    बागलुङको ताराखोला, तमानखोला, ढोरपाटन र निसीखोलामा बढी पशुपालन गरिन्थ्यो । एकै परिवारले १० हलसम्म गोरु पाल्ने गरेकामा अहिले एक हल पनि पाल्दैनन् । खेतबारीको कामका लागि अर्मपर्म गर्ने चलन पनि अहिले हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगमा आएको छ । गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिदिन्छ । 
     
    कतिपय किसानले गोरु खोजेरै खनजोत गर्ने गर्छन् । मिनीटेलर हलो गोरु जति उपयोगी नभएको किसान बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने स्थानीय मीनबहादुर क्षेत्रीले बताउनुभयो । गोरुको जस्तो जोताइ मिनीटेलर हलोले नहुने उहाँको भनाइ छ । 
     
    पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको उल्लेख गर्दै अचेल गाउँभरिमा हल गोरु पाउन मुस्किल हुने क्षेत्री बताउनुहुन्छ । आफूले दुई वर्षसम्म मिनीटेलरले जोतेर धान, मकै र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताउनुभयो ।
     
    “नयाँ–नयाँ प्रविधिको विकास हुनु राम्रो हो, तर पुरानो परम्परालाई छोडेर सबै नयाँ अँगाल्नु पनि हुँदैन, गोरु र मिनी टेलरले जोतेको बारी धेरै फरक हुन्छ, मिनी टेलरले खासै माटो उप्काउँदैन, गोरुले जोत्दा गहिरो गरी जोतिन्छ,” क्षेत्रीले भन्नुभयो, “केही समय मैले पनि मिनी टेलरले जोते, अहिले त बाली लगाउन गोरु खोजेरै जोत्ने गरेको छु, तरकारी र फलफूल लगाउन आधुनिक हलो प्रयोग गर्ने गरेको छु, पहिलेजस्तो गोरु पनि पाइन छाडे, गोरु खोज्न पनि लेकतिर जानुपर्ने अवस्था आएको छ ।”
     
    बडिगाडका प्रेमबहादुर थापाले गाउँमा काम गर्ने जनशक्ति कम हुँदै गएपछि सयौँ रोपनी खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताउनुभयो । पाँच वर्ष अगाडिसम्म धान मकै फल्ने खेतबारीमा अहिले वनमारा र तीतेपातीले ढाकिन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै युवा शक्ति हुने र गोरु पनि हरेक परिवारले पाल्ने गरेको स्मरण गर्दै अचेल गाउँभरि दुई हल गोरु पाउन मुस्किल हुने थापाले बताउनुभयो । 
     
    अहिले पनि धेरैले खेतबारी खोज्ने गोरुकै प्रयोग गरे पनि पाल्न भने छोडेको उहाँ बताउनुहुन्छ । गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरिरहेको उहाँको भनाइ छ । एक हल गोरुले एक दिन खेतबारी जोते दुई हजारदेखि दुई हजार पाँच सयसम्म लिने गरेको थापाले बताउनुभयो ।
     
    उहाँले भन्नुभयो, “गोरु पाल्न धेरैलाई गाह्रो हुने, तर जोत्न भने गोरु नै चाहिने, अचेलका मान्छे धेरै अल्छी हुँदै गए, हाम्रो पालामा गाउँमाथिको जङ्गलमा गएर साँघ काटेर ल्याएर खुवाउँथ्यौँ, बर्खामा लेक लैजानुपथ्र्यो, अहिले गाउँमा गोरु पालेका किसान थोरै छन्, उनीहरुलाई अहिले भ्याइनभ्याइ छ, एक दिन गोरु खोत्न लग्यो भने राम्रै कमाई हुन्छ, गोरुसँगै जोत्ने हली पनि भयो भने एकै दिनमा तीन हजार पाँच सय सय कमाउने गरेका छन् ।”
     
    बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पछिल्लो समय परम्परागत खेती प्रणाली बिस्तारै हराउँदै जान थालेको भन्दै संरक्षणमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले अब गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने योजना बनाएको उल्लेख गर्दै उहाँले किसान परिचयपत्रसमेत बनाउन थालिएको बताउनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend