Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भुमिकास्थान नगरपालिकाद्धारा पछिल्लो चार महिनाको प्रगति प्रतिवेदन सार्वजनिक


६, मंसिर २०८०
  • 136
    SHARES
  • भुमिकास्थान नगरपालिकाद्धारा पछिल्लो चार महिनाको प्रगति प्रतिवेदन सार्वजनिक

    अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले पछिल्लो चार महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आ.व.२०८०/०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत भुमिकास्थान नगरपालिकाले आफ्नो चार महिने प्रगति सार्वजनिक गरेको हो । जसमा कर्मशिल जनशक्ति परिचालन कार्यक्रमको थालनीलाई उसले पहिलो प्रगति मानेको छ ।

    “गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने र कृषिमा आत्मनिर्भर बनाउने यो कार्यक्रमको उदेश्य छ ” नगर प्रमुख झविलाल थापाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । “ सुन्दा सामान्य लागेपनि कर्मशिल जनशक्ति परिचालनले नगरपालिकाको बसाइसराई समेत कम गर्ने मेरो विस्वाँस छ ”

    नगरप्रमुख थापाले भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै पालिकालाई चौतर्फि विकासमा लैजान सबैको सहयोगको खाँचो औल्याउनुभएको छ । नगरपालिकालाई राम्रो बनाउन सबैको सकरात्मक भुमिका हुनुपर्ने भन्दै नगरप्रमुख थापाले कमजोरी भए अगाडि उभिएर औल्याउन अपिल गर्नुभएको छ ।

    कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र भुसालले चालु आर्थिक बर्ष २०८०/०८१ को चार महिनामा भएका प्रगतिलाई बुँदागत प्रस्तुत गर्नुभएको थियो ।

    उहाँका अनुसार नियमित सेवा प्रवाह बाहेक कर्मशिल जनशक्ति परिचालन अन्तरगत बाँझो जग्गा उपयोग गरि रैथाने बाली उत्पादनको थालनी हुनु, व्यवसायिक प्याज खेतीको तयारी हुनु, मकैको पोस्कर, बाँस र हस्तकलाबाट टोपी,झोला जस्ता बिभिन्न सामाग्री बनाउन सुरु हुनु, तरकारी पकेट कार्यक्रम संचालन हुनुलाई नगरपालिकाले ४ महिनाको प्रगति मानेको छ । 

    योजना शाखा प्रमुख समेत रहनुभएका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाका अन्य प्रगतिमा महत्वपूर्ण सडक बिस्तार एवम् कालोपत्रेको काम सुरु हुनु, योजना सम्झौता, व्यवसायिक पर्यटन विकासको सम्भाव्यता अध्ययन, आवधिक योजना कार्यान्वयन, शिक्षा र स्वास्थ्यको सेवालाई गुणस्तरिय बनाउन क्रियाशिल रहनु लगायत रहेका छन् ।

    नयाँ नेपाल विकास परिषद अर्घाखाँचीको सहजीकरणमा भुमिकास्थान १ र २ को संगम स्थल पिपलनेटामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा भुमिकास्थान– १ का वडाध्यक्ष गोपाल प्रसाद खनाल, भुमिकास्थान– २ का वडाध्यक्ष बुद्धि बहादुर थापा र ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, स्वास्थ्यशाखा प्रमुख देव बहादुर थापा, कृषिशाखा प्रमुख राम बहादुर थापा,शिक्षा शाखा प्रतिनिधि नविन खड्का लगायतले उठेका सवालको जवाफ दिनुभएको थियो ।

    कार्यक्रमका सहभागिले शिक्षा,स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरिय बनाउनुपर्ने,पालिकाबाट हुने विकास तथा अन्य कामको नियमित र प्रभावकारी अनुगमन हुनुपर्ने,कृषिलाई व्यवसायिक बनाउन सहयोग गर्नुपर्ने, विकास बितरणमुखि भन्दापनि आवस्यकतामुखि हुनुपर्ने लगायतका माग राखेका छन् ।

    सहजीकरण गर्ने संस्था नयाँ नेपाल विकास परिषद अर्घाखाँचीको तर्फबाट हृदय कुमार भुसाल, गोपाल प्रसाद भट्टराई, लक्ष्मण घिमिरे र जितेन्द्र खत्रीले सहजिकरण गर्नुभएको कार्यक्रममा भुमिकास्थान १ र २ बाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य, वडा सदस्य, राजनितिक दल, ढाकावाङ्ग प्रहरीचौकी प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थि, प्र.अ.,शिक्षक,वि.व्य.स.,स्वास्थ्यकर्मि,महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास संस्था,उपभोक्ता समिति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेका थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend