Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप छनोट : ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा उक्लियो


६, मंसिर २०८०
  • 135
    SHARES
  • विश्वकप छनोट : ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा उक्लियो

    काठमाडौँ । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भयो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

    खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । जितसँगै अर्जेन्टिनाको ६ खेलमा १५ अङ्क भएको छ । अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलमा ७ अङ्क रहेको ब्राजिल छैठौँ स्थानमा रहेको छ ।

    अर्जेन्टिना र ब्राजिलबीच आजको खेल सुरु हुनुअघि दुई देशका समर्थकबीच झडप समेत भएको थियो । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा आधा घण्टा खेल रोकिएको थियो ।

    अर्को खेलमा उरुग्वेले बोलिभियालाई ३–० गोलले हरायो । उरुग्वेका डार्विन ग्याब्रिएल नुनेजले २ गोल गरे । उसले एक गोल उपहार पाएको थियो । उरुग्वे ६ खेलमा १३ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै इक्वेडरले चिलीलाई र कोलम्बियाले पाराग्वेलाई १–० गोलले हराएको छ ।  दक्षिण अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ देशले स्थान बनाउनेछन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend