Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर ८ मा, गगन थापा र चन्द्र भण्डारीले सम्बोधन गर्ने


६, मंसिर २०८०
  • 146
    SHARES
  • कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर ८ मा, गगन थापा र चन्द्र भण्डारीले सम्बोधन गर्ने

    अर्घाखाँची । नेपाली काङ्रेस अर्घाखाँचीले मंसिर ८ गते सन्धिखर्कमा जिल्ला सम्मेलन गर्ने तयारी तिव्र पारेको छ् ।यस अगाडिनै वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते भव्य रुपमा जिल्ला सम्मेलन गर्ने भएको हो । 

    सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने काँग्रेस अर्घाखाँचीका सचिव कृष्ण खनालले जानकारी दिनुभयो ।

    जिल्ला सम्मेलन सम्पन्न गर्न काङ्रेस अर्घाखाँचीले जिल्ला पार्टी सभापति केशव श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरेको छ ।सम्मेलनमा सबै तहका पदाधिकारी , महाधिवेशन प्रतिनिधिहरु , विभिन्न तहका कार्यसमिति , भात्री संघ सस्था , सुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु , कृयाशिल सदस्यहरु सबैलाई उपस्थित हुन काङ्रेस अर्घाखाँचीले अनुरोध गरेको छ् ।

    यसअघि असार ९ गते जिल्लाका ६१ वार्ड मा एकै दिन वार्ड सम्मेलन , साउन १९ गते जिल्लाका ६ वटा पालिकामा पालिका सम्मेलन र साउन २७ मा प्रदेश सम्मेलन सम्पन्न गरिसकेको काङ्ग्रेस अर्घाखाँची अब जिल्ला सम्मेलनको तयारिमा जुटेको बताइएको छ । सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु हुने बताइएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend