रोल्पा।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सी ऐतिहासिक ठाउँ थबाङ पुग्नु भएको छ।शुक्रबार रोल्पाको थवाङमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको १० औं पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न थबाङ पुग्नु भएको हो।जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ्मा नेकपाका महासचिव विप्लव सी बिहीबार दिउँसो २ बजे पुग्नु भएको नेकपाका केन्द्रिय सचिवालय सदस्य अनिल केसीले जानकारी दिनु भएको छ।
नेकपा महासचिव विप्लव नेपाल सरकारले प्रतिबन्ध लगाउनु भन्दा पहिले धेरै पटक रोल्पा आएको र प्रतिबन्धित हुँदा भुमिगत भएर आफ्नो गृह जिल्ला रोल्पा आउनु भएको थिएन तर आज नेकपा माथिको प्रतिबन्धको फुकुवा पछी पहिलो पटक रोल्पा आउनु भएको हो,ती सदस्यले भन्नुभयो।
मङ्सिर ८ गते रोल्पाको थवाङमा नेपाल कम्युनिष्ट पार्टीको १०औं पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव नेत्र विक्रम चन्द(विप्लव)सी,नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा मगर(विसम)सी,नेकपा स्थायी समिति सदस्य अनिल शर्मा(बिरही),नेकपा पोलिट ब्योरो सदस्यहरु चुडामणि वली(आदर्श)सी,असल खड्का,बिजय बुढा,केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन पोख्रेल नेकपा केन्द्रिय सदस्यहरु सम्झना विक सी,सम्झना घर्ती मगर(अशिना)सी र सुदर्शन मङ्गोल सी लगायतका नेताहरू थवाङ पुग्नुभएको छ ।
नेकपा माथिको प्रतिबन्ध फुकुवा
वि.सं.२०७७ साल फागुन २० गते नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा(ओली)सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउनुभएको थियो। विप्लव सरकार(नेकपाबीच सहमति हुनुभएका विषयूविप्लव नेकपामाथिको प्रतिबन्ध हटाउने,थुनामा रहेका नेता कार्यकर्ता रिहा गर्ने र नेता कार्यकर्ता माथिको मुद्दा फिर्ता गर्ने रहेकोे थियो।नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति हस्ताक्षर समारोह २०७७ फागुन २१ गते भएको थियो।सरकार र नेकपाबीच सहमति भएपछी २०७७ फागुन २१ गतेदेखि प्रतिबन्ध फुकुवा भएको थियोे।सरकार र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाबीचको वार्ता सफल भएको निष्कर्ष निकालिएको थियो।
विप्लवको राजनीतिक यात्रा
तत्कालीन माओवादीले २०५२ फागुन १ बाट जनयुद्ध सुरु गर्दा विप्लवले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिनुभएको थियो। २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाएको थियो । विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लग्नुभयो २०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उहाँ केन्द्रीय सदस्य बन्नुभयो । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बन्नुभएका उहाँ २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज हुनुभयो। कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुट्नुभएको थियो।
त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय विप्लवलाई विश्वास पात्र बनाउनुभएको थियो । कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बन्नु भएको थियो। नेतृत्वको कमजोरी खरो ढंगबाट नडराइ बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाड्नुभयो उहाँको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्चापनुभयो। माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि दाहाल र विप्लवको सम्बन्ध बिग्रियो ।
पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बन्नुभएको थियो। दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध थियो । २०६४ साल साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले नेतृत्वको विरोध गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राख्नुभयो।
त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिनुभयो । विप्लवले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राख्नुभएको थियो। त्यसको चार वर्षमा २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लव पनि नयाँ पार्टी गठनमा लाग्नुभयो । वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ मा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाउनुभयो।
अहिले उहाँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुनुहुन्छ । २०४५ र २०५० सालमा पटकपटक जेल परेका विप्लव शान्ति प्रक्रिया पछि पनि कुनै पदमा हुनुहुँदैन । विप्लव पछिल्लो समय एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि लागि पर्नुभएको छ । सँगै जनयुद्ध लडनुभएका रामबहादुर थापा गृहमन्त्री भएका बेला विप्लव भूमिगत हुनुभयो। विप्लव २०७४ देखि सार्वजनिक कार्यक्रममा देखिनुभएन । अहिले उहाँ ओली सरकारसँग २०७७ फागुन २० तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ।
को हुनुहुन्छ नेत्र विक्रम चन्द(विप्लव)
नेत्र विक्रम चन्द नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुनुहुन्छ।चन्द विद्यार्थी कालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुँदै,नेपाल कम्युनिष्ट पार्टी (मसाल),नेकपा(एकता केन्द्र),नेकपा (माओवादी), १० बर्षको महान जनयुद्ध,२०६२/०६३ पछी माओवादी पार्टी नेतृत्वमा आएको विचलनको विरुद्ध दुईलाइन संघर्ष र नेकपा पार्टी निर्माण एवं एकीकृत जनक्रान्तीमा ऐतिहासिक,जुझारु र साहसिक भुमिका निर्वाह गर्दै आउनु भएको छ। उहाँको जन्म वि.सं.२०२४ फागुन ११ गते रोल्पा जिल्ला इरिबाङ गाविस साविकको-६ र अहिलेको परिवर्तन गाउँपालिका-३ केवरीमा जन्मिनु भएको थियो।अहिले उहाँ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा बस्दै आउनु भएको छ।