Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार देश विकासको बाधक हो : नेता भण्डारी


८, मंसिर २०८०
  • 236
    SHARES
  • भ्रष्टाचार देश विकासको बाधक हो : नेता भण्डारी

    गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । भ्रष्टाचार देशका लागि ठूलो रोग भएको भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो । 

    गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सांसद भण्डारी दुर्घटनामा परेको नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी आइपुग्नुभएको हो ।

    डा. भण्डारीले रेसुङ्गा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको बताउनुभयो । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उहाँले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गर्नुभयो । गुल्मीलाई नेपालको नमूना जिल्ला बनाउन आफूले कोरेको विकासको गोरेटालाई पूर्णता दिने काममा सधैँ लागिपर्ने उहाँले विश्वास दिलाउनुभयो  ।  

    शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु हुन गइरहेको कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डा. भण्डारी गुल्मी आउनुभएको हो । दुर्घटनापश्चात् पहिलो पटक पुनर्जीवन पाएर जिल्लामा आउनुभएका उहाँको आगमनले आम जिल्लावासीमा थप खुसी र उत्साह थपिएको कांग्रेसको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताउनुभयो । 

    दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु शनिबार गुल्मी आउने कार्यक्रम रहेको पार्टी सभापति पन्थीले जानकारी दिनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend