Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेकपाको १०औं पूनर्गठन दिवस थबाङ्मा भव्य रूपमा सम्पन्न


९, मंसिर २०८०
  • 162
    SHARES
  • नेकपाको १०औं पूनर्गठन दिवस थबाङ्मा भव्य रूपमा सम्पन्न

    रोल्पा।नेपाल कम्युनिष्ट पार्टी नेकपाको १०औं पूनर्गठन दिवस शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।शुक्रबार रोल्पाको थबाङ्मा आयोजित नेपाल कम्युनिष्ट पार्टीको १० औं पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लव सीले दुखको साथ नेपाल कम्युनिष्ट पार्टी बनाएको जिकिर गर्नु भएको हो।उहाँले भन्नुभयो"तपाईंहरुलाई थाहा छ हामीले लगातार के भनेका थियौं भने नेपाली जनतालाई धोका हुने,नेपाली जनतालाई गद्दारी हुने,देशलाई धोका हुने निर्णय कुनै पनि कदम चाल्दैनौं र जनतालाई जिताउने"भनेर प्रतिबद्धता जनाएका थियौ-उहाले भन्नुभयो।

    कम्युनिष्ट पार्टी खोलियौं माओवादी पार्टी हटाएर हामीले नेपाल कम्युनिष्ट पार्टी मात्र राखियौं किनकि माओवादीहरु धेरै भए धेरै खालको माओवादीहरु भएपछी हामीले के सोचियौं भने कम्युनिष्ट पार्टी खोलेर,सहि दिशा कोरेर,सहि विचार निर्माण गरेर,सहि ढंगले अगाडि बढेर एक चोटि नेपाली जनतालाई गोलबन्द गरेर जानुपर्छ,सबै कम्युनिष्ट पार्टीका ईमानदार मानिसहरुलाई लिएर नेपाल कम्युनिष्ट पार्टी निर्माण गरेको आज १० बर्षमा प्रवेश गरेको छ-उहाले भन्नुभयो।

    आज हामी १० बर्षसम्म आइपुग्दा एउटा नयाँ सन्देश लिएर आएका छौं"त्यो हो हामी जिउँदै छौँ"तपाईंहरुले हामीलाई हेरिरहनु भएको छ-विप्लव सीले भने।हामी थबाङ्बाट सन्देश दिन चाहन्छौं नेपाल श्रमिक जनताहरुको हो,नेपाल दलालहरुको होइन?नेपाल श्रमिक जनताहरुको हो,नेपाल साम्राज्यवादीको होइन? स्वाभिन देशभक्त नेपालीहरुको हो,स्वाभिमान नेपालीहरुको हो र त्यो दिनमा हामी छौँ र अगाडि बढेका छौँ-उहाँले भन्नुभयो।

    अहिले नेपाल कता जान्छ भन्ने ठूलो चिन्ता भएको बताउदै केही मान्छेले अब नेपाल राजतन्त्रमा फर्कन्छ भन्ने गरेको र २०४७ सालको संविधान तिर फर्कन्छ एउटा यो हल्ला चलेको छ।एक थरी मान्छेले के भनेका छन भन्दा पुराना दल मात्र खराब हुन पुराना नेता मात्र खराब हुन व्यवस्था यहीँ ठिक हो,अवस्था बदल्नुपर्छ अवस्था यहीँ ठिक छ भन्छन्।मिडिया विभिन्न युट्युवमा अथवा टेलिभिजनमा त्यस्ता खालका प्रचार प्रस्तै देख्न सकिन्छ।

    हिजो मात्र काठमाडौमा अनौठो नाटक जस्तो पनि देख्न सकिन्छ तर त्यो यथार्थ पनि हो।जनताले कुरा बुझ्दैन त्यो सहि कुरा पनि हो।दुर्गा प्रसाईं जस्तो मान्छेले यो व्यवस्थालाई फाल्ने अनि ०४७ सालको संविधानलाई ल्याउने राजतन्त्र ल्याउने भनेर प्रदर्शन गरे,मानिसहरू तछाड मछाड र होहल्ला समेत गरेको जिकिर गर्नुभयो।अबको आफूहरूको यात्रा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्छ-उहाँले भन्नुभयो।

    जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थबाङ मान्निने गर्दछ।मङ्सिर ८ गते शुक्रबार रोल्पाको थवाङमा नेपाल कम्युनिष्ट पार्टीको १० औं पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव नेत्र विक्रम चन्द(विप्लव)सी,नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा मगर(विषम)सी,नेकपा स्थायी समिति सदस्य अनिल शर्मा(बिरही),नेकपा पोलिट ब्योरो सदस्यहरु चुडामणि वली(आदर्श)सी,असल खड्का,बिजय बुढा,केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन पोख्रेल नेकपा केन्द्रिय सदस्यहरु चिरन पुन,सम्झना विक सी,सम्झना घर्ती मगर(अशिना)सी र सुदर्शन मङ्गोल सी लगायतका नेताहरू थवाङ पुग्नुभएको थियो।

    received_753860759904460.jpeg
    received_5542168162574512.jpeg
    received_1346408799578566.jpeg
    received_1061648674965449.jpeg
    received_348643031188567.jpeg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend