Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने


१२, मंसिर २०८०
  • 185
    SHARES
  • हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

    मनहरी। हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उहाँले बताउनुभयो।

    प्रतियोगिताका विजेताले रु एक लाख २५ हजार, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ४० हजार नगदसहित प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो। यसैगरी प्रतियोगितामा चौँथो हुनेले रु २५ हजार र पाँचौँ हुनेले २० हजार जित्नेछन् ।

    यस्तै छैठौंँदेखि दशौँ स्थानसम्मका प्रत्येक प्रतियोगिले रु १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले रु ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो।

    प्रतियोगिता आयोजना गर्नका लागि करिब रु ६२ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वीस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले रु दश हजार तिरेर रजिस्ट्रेसन गर्नुपर्ने छ ।

    प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले बेहोर्ने छ । प्रतियोगिता मङ्सिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend