Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण


१३, मंसिर २०८०
  • 135
    SHARES
  • जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण
    दाङ । दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक विष्ट कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताउनुहुन्छ । 
     
    सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ “जोत्नसँगै धानलगायतका अन्य बाली दाउनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिन्छ । ”
     
    गोरु नहुँदा खेत अधिया लगाउने मानिस खोज्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको भन्दै भन्नुहुन्छ, “गाउँमा कमाउनका लागि विदेश जाने बढेसँगै गोरु पाल्न छाडिसकेका छन् । जसले गर्दा खेती गर्ने मान्छे नहुँदा जग्गा बाँझो रहने गरेको थियो तर पछिल्लो समय प्रविधिका सहयोगले खेतबारी जोत्नेदेखि धाउनेसम्म व्यवस्था भएपछि अहिले आफैँ लगाउने गरेको छु ।” 
     
    उहाँका अनुसार प्रविधिको सहयोगले कृषि पेसालाई सहज छ । घोराही उपमहानगरपालिका–७ निवासी किसान चेतराम चौधरी विगत चार वर्षयता ट्र्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफू वृद्धसँगै छोराहरु छुट्टिएर सानो परिवार भएकाले खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउनेसमेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।”
     
    पछिल्लो समय कृषिमा काम गर्ने जनशक्तिको अभावमा खेतबारी बाझो भइरहेको छ । यस्तो अवस्थामा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको जनाइएको छ । उहाँ भन्नुहुन्छ, “गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन् । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि बाहिर छन् । यस्तो अवस्था अधिकांशको खेतभरि बाझै रहने अवस्था थियो । तर गाउँमा जोत्नका लागि ट्र्याक्टर र दाउनका लाथि थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।” 
     
    उहाँका अनसार धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको जनाउँदै उहाँ भन्नुहुन्छ, “पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।” 
     
    कृषि ज्ञान केन्द्र दाङका कृषि विज्ञ तथा कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने कृषि पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप यान्त्रीकरणमा सहयोग गर्दै आएकोे बताउनुहुन्छ । उहाँका अनुसार कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनका लागि तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरणसँगै बीउ, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend