Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माछापुच्छ्रेमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड


१४, मंसिर २०८०
  • 239
    SHARES
  • माछापुच्छ्रेमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड
    गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  
     
    यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिनुभयो । पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
     
    सम्पूूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले रु १० हजार र तृतीय हुनेले रु सात हजार, ट्रफि मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । प्रतियोगितामा सहभागी ११ वटा विद्यालयबाट तीन सय ८३ विद्यार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
     
    माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुन प्रतियोगितामा छात्रछात्रा भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ट्रिपलजम्म लगायतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
     
    यसअघि चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयले ११ स्वर्ण पाँच रजत र तीन कास्य पाप्त गरी प्रथम, माछापुच्छ्रे माविले चार स्वर्ण तीन रजत र तीन कास्य पाप्त गरी दोस्रो र उदया माविले चार स्वर्ण, दुई रजत दुई कास्यका साथ तेस्रो स्थान हासिल गरेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend