Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत


१४, मंसिर २०८०
  • 162
    SHARES
  • शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

    सिन्धुपाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताउनुभएको छ । उहाँले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गर्नुभएको छ ।

    “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउनुभयो । “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति व्यवस्थापन गरिदिने हो”, उहाँले भन्नुभयो ।

    मन्त्री बस्नेतले फरक प्रसङ्गमा गफ लगाएर विकास नहुने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, “विकास गर्न काम गर्नैपर्छ, गफ लगाएर हुन्न, अर्काले ल्याएको विकासका योजनामा नागरिकलाई झुक्याउनु हुन्न ।” सिन्धुपाल्चोकमा भौतिक पूर्वाधार विकासले थप तीव्रगति लिएको जनाउँदै अझै शिक्षाको विकास तथा बालविवाह रोक्ने अभियान सञ्चालनको आवश्यकता औँल्याउनुभयो । “यहाँ पूर्वाधारको विकास भएको छ, हुँदै जान्छन्, चिन्ता लिनु पर्दैन, शैक्षिक विकास र व्यक्तिको सामाजिक चेतनाको विकासमा कदम चाल्नैपर्छ”, उहाँले थप्नुभयो ।

    मन्त्री बस्नेतले स्थानीय नागरिकलाई बिरामी परेर उपचार गर्न नसके वडाध्यक्षको सिफारिस लिएर आफूकहाँ आउन आगह्रसमेत गर्नुभएको छ । “उहाँले पैसा नभएका कारणले कोही पनि नेपाली मर्नु पर्दैन, बिरामी परे वडाध्यक्षबाट उपचार गर्न सकिनँ भनेर सिफारिस माग्नुस्, तपाईँको उपचार सरकारले गर्छ”, उहाँले दोहोर्याउनुभयो । उहाँले आफू मन्त्री भएपछि सङ्घीयस्तरका अस्पतालमा तीन हजार पाँच सय २३ बेड गरिब तथा विपन्नका लागि निःशुल्क उपचारसहित, दश प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेज र चार प्रदेशका जनरल बेडमा निःशुल्क उपचारसहितको नीति कार्यान्वन गराएको बताउनुभयो । 
     
    सो अवसरमा मन्त्री बस्नेतले विद्यालयको खेलमैदान निर्माण लागि रु ५१ हजार सहयोगको घोषणा गर्नुभयो । साथै उहाँले विद्यालयका लागि भवन निर्माणार्थ जग्गा प्रदान गर्ने स्थानीयलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांगे्रसका नेता एवं पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा, नेपाली कांग्रेस ट्रेड युनियनका केन्द्रीय उपमहासभिव बलदेव तामाङ, नेकपा ९एमाले०का नेता डुप क्षिरिङ तामाङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक हीरा लामाले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend