Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारतसँग अस्ट्रेलिया २० रनले पराजित


१६, मंसिर २०८०
  • 136
    SHARES
  • भारतसँग अस्ट्रेलिया २० रनले पराजित

    काठमाडौँ । घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी-२० शृङ्खला एक खेल अगावै जितेको छ । शुक्रबार भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराएको हो । ।

    भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा अविजित रहे । ओपनर ट्रविस हेडले ३१ रन जोडे ।

    भारतका अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि विश्रोई र आवेश खानले समान एकरएक विकेट लिए । त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका रिङ्कु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।अ

    स्ट्रेलियाका बेन ड्वाशिुसले ३ तथा जेसन बेहरनडोर्फ र तनवीर सङ्घाले समान २ विकेट लिए । भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend